image
image
काठमाडौँ उपत्यकाका नदीमा जलसतह बढ्यो, सतर्कता अपनाउन आग्रह

काठमाडौँ उपत्यकाका नदीमा जलसतह बढ्यो, सतर्कता अपनाउन आग्रह

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले काठमाडौँ उपत्यकाका नदीमा जलसतह बढेको जनाएको छ। महाशाखाका अनुसार गएराति काठमाडौँ उपत्यकाको सुन्दरीजल, कपन, नैकाप, बबरमहल र आसपासमा ठूलो वर्षा भएकाले नदीहरुको जलसतह बढेको हो ।

अहिले बागमती, विष्णुमती, धोबीखोलालगायतमा जलसतह सतर्कता तह आसपास छ भने बागमती नदीको खोकना जलमापन केन्द्रमा जलसतह सतर्कता तह पार गरेको छ। यो अझै बढ्दो क्रममा रहेकाले बिहान ९ बजेसम्म उच्च सतर्कता अपनाउन तटीय क्षेत्रका बासिन्दालाई आग्रह गरिएको छ ।

महाशाखाले सिन्धुपाल्चोकको भोताङ, मानेखर्क, बाँसखर्क, बौनेपाटी, मेलम्ची घ्याङ, तार्के घ्याङ, ढुंगे, गोबरे, नवलपुर र दुवाचौर लगायत स्थानमा मध्यमदेखि ठूलो वर्षा भइरहेको जानकारी दिएको छ।

थप वर्षा हुनसक्ने सम्भावना रहेकाले उक्त क्षेत्र भएर बग्ने मेलम्ची, इन्द्रावती, बलेफी नदी र यसका सहायक नदीमा आकस्मिक बाढीको जोखिम छ। डुबान तथा पहिरोको जोखिम रहेकाले सावधानी अपनाउनसमेत महाशाखाले आग्रह गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।