image
image
पूर्वराज्यमन्त्री रायको हत्या

पूर्वराज्यमन्त्री रायको हत्या

काठमाडौं । राप्रपा केन्द्रीय सदस्य एवं पूर्वभूमिसुधार राज्यमन्त्री रामचन्द्र रायको हत्या भएको छ ।प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीका अनुसार सर्लाहीको चन्द्रनगर गाउँपालिका–१ रतनपुरस्थित आफ्नै घरमा सुतिरहेको अवस्थामा गएराति उनको टाउकोको बायाँ भागमा धारिलो हतियार प्रहार गरी हत्या गरिएको हो ।

८० वर्षीय रायको हत्याको कारणबारे खुल्न सकेको छैन् । अहिले घटनास्थलमा तालिम प्राप्त कुकुर समेत परिचालन गरी घटनाबारे अनुसन्धान सुरु भएको सर्लाही प्रहरीले जानकारी दिएको छ । पूर्वराज्यमन्त्री राय २०५० सालमा भूमिव्यवस्था राज्यमन्त्री भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।