image
image
बंगलादेशबाट आइपुगेका विद्यार्थी भन्छन्ः  ‘स्थिति असहज छ, प्रधानमन्त्री नै भागिसक्नुभयो’

बंगलादेशबाट आइपुगेका विद्यार्थी भन्छन्ः  ‘स्थिति असहज छ, प्रधानमन्त्री नै भागिसक्नुभयो’


 काठमाडौं । बंगलादेशबाट १७ जना नेपाली विद्यार्थी नेपाल फिर्ता भएका छन् । आइतबार नेपाली विद्यार्थी हवाई र स्थलमार्ग हुँदै नेपाल आएका हुन् । बंगलादेशमा सरकारी जागिरमा कायम आरक्षण र कोटा प्रणालीको विरोधमा भइरहेको प्रदर्शन चर्किएपछि सरकारले पहिलो चरणमा आउन चाहने १७ जना नेपाली विद्यार्थीको उद्धार गरेको हो ।

नेपाल फर्कन चाहने अन्य विद्यार्थीलाई ढाकास्थित नेपाली राजदूतावासमा सम्पर्क गर्न आग्रह गरिएको छ । सरकारी सेवामा विशेष आरक्षणको विरोधमा एक सातादेखि जारी आन्दोलनका कारण आठ सयभन्दा बढी नेपाली विद्यार्थीले बंगालादेश छाडिसकेको परराष्ट्र मन्त्रालयले जनाएको छ । 

बंगलादेश सरकारले शुक्रबार रातिदेखि देशभर कर्फ्यु लगाएको छ । त्यस्तै सञ्चार सेवा, इन्टरनेट र टेलिफोनका सेवा विच्छेद गरेको अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले जनाएका छन् । सरकारी जागिरमा कायम आरक्षण र कोटा प्रणालीको विरोधमा बंगलादेशमा एक साताअघिदेखि सुरु आन्दोलन हिंसात्मक बन्दा अहिलेसम्म कम्तीमा सय जनाले ज्यान गुमाइसकेका छन् । साथै, बंगलादेशका विभिन्न भागमा भएका प्रदर्शनीमा सयौं जना घाइते भएको जनाइएको छ । 

बंगलादेशमा तीन हजारभन्दा बढी नेपाली विद्यार्थी अध्ययनरत रहेको ढाकास्थित नेपाली राजदूतावासले जनाएको छ । आइतबार नेपाल आइपुगेका नेपाली विद्यार्थीहरुले ढाकामा संचार विच्छेद गर्नक्रम सुरु भएको र प्रधानमन्त्री समेत भागेर स्पेन पुगिसकेको आफूहरुले थाहा पाएको सुनाए । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल उत्रिएकी दिलिपा सापकोटाले नेपाली दूताबास मजबुद नभएको दुखेसो गरिन् । ‘दूताबासका कर्मचारीले फोन नउठाउने, सम्पर्कमा नआउने र उद्धार गर्न ढिलाइ गरिरहनुभएको छ । यसो नगर्न अनुरोध गर्दछु,’उनले भनिन् । 

दुई महिना अघि बंगलादेश पुगेकी सदिक्षा बस्नेतले आफूहरु असुरक्षित भएपछि नेपाल फर्किएको सुनाइन । ‘ढाकाको अवस्था एकदमै संवेदनशील भइसकेको छ । निषेधाज्ञा सुरु भइसकेको छ । बंगलादेशको प्रधानमन्त्री नै भागेर स्पेन पुग्नुभएको खबर सुनेका छौं । अवस्था चिन्ताजनक छ,’ उनले भनिन् । सदिक्षासँगै विमानस्थलमा उत्रिएकी महिमा फागोले होस्टलमा रहँदा गोलीको आवाजहरु सुनेको बताइन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।