image
image
उपसभामुख इन्दिरा रानामगरको चरित्र हत्या गरियो :  सुमना श्रेष्ठ

उपसभामुख इन्दिरा रानामगरको चरित्र हत्या गरियो :  सुमना श्रेष्ठ

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद सुमना श्रेष्ठले उपसभामुख इन्दिरा रानामगरको चरित्र हत्या गरिएको आरोप लगाएकी छन् ।प्रतिनिधि सभाको आइतबारको बैठकमा बोल्दै सांसद श्रेष्ठले संबैधानिक परिषदमा बहुमत नपुगेपछि मिडिया ट्रायल गरेर उपसभामुखको चरित्र हत्या गरिएको आरोप लगाइएको बताइन् ।उनले सांसद श्रेष्ठले आफुहरु छानबिनका लागि तयार रहेको भन्दै छानबिन गर्ने नै भए भुटानी शरणार्थीको पनि छानबिन गर्नुपर्ने बताइन् ।

उनले भनिन् ‘उपसभामुखज्यूको नामबाट जुन मिडिया ट्रायल गरिएको छ । यसमा घोर आपत्ति जनाउन चाहन्छु । हिजोको दिनमा यही सभाबाट एउटा अमूख मान्छेलाई भिसा चाहियो भनेर भनेको होइन ? सडकमा प्रदर्शनमा उत्रिएका होइनन् ? यदि आचरणको कुरा गर्ने हो भने गरौं । सबैको आचरण हेरौं, सबैको लेटरप्याडबाट केके लेखिएको छ, हेरौं । तपाईहरुलाई मन लाग्यो भन्ने मिडिया ट्रायल गर्यो नत्र चुप लागेर बस्ने ? बोल्ने नै हो भने डिक्लिएर गर्नु न भुटानी शरणार्थी प्रकरण कसले गरेको हो भनेर । त्यो आँट छ ? हेप्ने काम चाँही नगर्नुहोला ।’

   

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।