image
image
प्रधानमन्त्रीले कुलमानलाई जंगबहादुरको शैलीमा निर्देशन दिए : माओवादी केन्द्र

प्रधानमन्त्रीले कुलमानलाई जंगबहादुरको शैलीमा निर्देशन दिए : माओवादी केन्द्र

काठमाडौं । नेकपा माओवादी केन्द्रले प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल विद्युत प्राधिकरणका निर्देशक कुलमान घिसिङलाई ‘डेडिकेटेड’ र ‘ट्रंक लाइन’ विद्युत् भुक्तानी विवाद तत्काल समाधान गर्नेगरि काम गर्न जंगबहादुरको शैलीमा निर्देशन दिएको आरोप लगाएको छ ।

आइतबार प्रतिनिधि सभामा बोल्दै माओवादी केन्द्रका सांसद माधव सापकोटाले प्राधिकरणलाई हुकुमी शैलीमा निर्देशन दिएको भन्दै यसबाट यो सरकार किन र कसका लागि बनेको भन्ने प्रष्ट भएको जिकिर गरेका छन् ।

उनले यो विषयमा तीन चरणमा यस विषयमा विवाद रहेको बताउदै संसद्को सार्वजनिक लेखा समितिले एउटा उपसमितिनै बनाएर अध्ययन गरेको तयार पारेको छ र ८ बुँदामा निर्देशनसमेत दिएको बताए ।

साथै उनले विद्युत प्राधिकरणले विभिन्न समयमा पटक पटक उपसमिति बनाएको बताउदै उनले विभिन्न समयमा यस बारेमा भएका अध्ययनलाई नजरअन्दाज नगर्न चेतावनी दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।