image
image
सिमलताल बस दुर्घटनाः २० शव भेटिए, बसको खोजी जारी

सिमलताल बस दुर्घटनाः २० शव भेटिए, बसको खोजी जारी

काठमाडौं । सिमलताल पहिरोमा परेर त्रिशूलीमा हराइरहेको बसका थप एक यात्रुको शव फेला परेको छ ।बिहीबार भरतपुर महानगरपालिका २६ शिशुवार क्षेत्रमा नारायणी नदीको किनारमा एक पुरुषको शव फेला परेको चितवन प्रहरीले जनाएको छ । शवको सनाखत हुन भने बाँकी रहेको प्रहरीले जानकारी दिएको छ ।

शव पोष्टमार्टमका लागि भरतपुर अस्पताल ल्याइएको छ । यससँगै अहिलेसम्म फेला परेको शवको संख्या २० पुगेको छ । जसमा १८ पुरुष र २ महिला रहेका छन् । अहिलेसम्म १४ जनाको सनाखत भएकोमा ४ जना भारतीय नागरिक रहेको जिल्ला प्रशासन कार्यालय चितवनले जानकारी दिएको छ ।

काठमाडौँबाट गौरतर्फ गइरहेको बागमती प्रदेश०३–००१ख २४९५ नम्बरको बस र वीरगञ्जबाट काठमाडौँतर्फ गइरहेको बागमती प्रदेश ०३–००६ख १५१६ नम्बरको बस गत शुक्रबार बिहानपख भरतपुर महानगरपालिका–२९ सिमलतालको पहिरोले बगाएर त्रिशूली नदीमा बेपत्ता भएका थिए । बसमा ६५ यात्रु रहेकोमा ३ जनाले सकुशल रहेका थिए ।

हालसम्म दुईवटै बस र ४२ यात्रुको अवस्था अज्ञात रहेको छ । त्रिशुलीमा बेपत्ता रहेका दुवै बसको नेपाली सेना र सशस्त्रका गोताखोरले खोजी रहेपनि अहिलेसम्म फेला पार्न सकिएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।