image
image
परराष्ट्रमन्त्री राणासँग एनआरएनए पदाधिकारीको भेटवार्ता

परराष्ट्रमन्त्री राणासँग एनआरएनए पदाधिकारीको भेटवार्ता

काठमाडौं ।  गैरआवासीय नेपाली संघ (एनआरएनए)को टोलीले नवनियुक्त परराष्ट्रमन्त्री डा. आरजु राणासँग भेटघाट गरेको छ ।एनआरएनएका संस्थापक अध्यक्ष डा।उपेन्द्र महतोको नेतृत्वमा भएको टोलीले मन्त्री राणाको सफल कार्यकालको लागि बधाई तथा शुभकामना दिएको थियो ।  

विहीबार काठमाडौंमा भएको भेटमा संघका अध्यक्ष डा.बद्री केसीले परराष्ट्रमन्त्री समक्ष एनआरएन अभियानका समसामयीक महत्त्वपूर्ण विषयबारे जानकारी गराएका थिए ।  

मन्त्री राणाले एनआरएन अभियानसँग जोडिएर मुलुकको समृद्धिका लागि रचनात्मक सहकार्य गर्ने वचनवद्धता व्यक्त गरेकी थिइन् ।  भेटमा एनआरएनए उपाध्यक्ष रोजिना प्रधान, अर्जुन श्रेष्ठ लगायतको उपस्थिति थियो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।