image
image
कानून बमोजिम आवश्यक सुधार गर्न तयार छु : नवनियुक्त कानूनमन्त्री चौरसिय

कानून बमोजिम आवश्यक सुधार गर्न तयार छु : नवनियुक्त कानूनमन्त्री चौरसिय

काठमाडौं । नवनियुक्त कानून न्याय तथा संसदीय मामिलामन्त्री अजय कुमार चौरसियाले न्याय क्षेत्रमा देखिएका समस्याहरु समाधान गर्नका लागि कानून बमोजिम आवश्यक सुधार गर्न आफू तयार रहेको बताएका छन् । मंगलबार न्यायपालिकाको पाँचौं पञ्जवर्षीय योजनाको सार्वजनिकीकरण कार्यक्रमलाई उद्घाटन गर्दै मन्त्री चौरसियाले न्यायपालिकाले उच्चकोटीको न्याय सम्पादन गरिरहेको दाबी गरे । 

उनले भने, ‘नेपालको न्यायपालिका जसरी न्याय सम्पादन गरिरहेको छ त्यो उच्चकोटीको छ । आज म नेपालको कानूनमन्त्रीको नाताले माननीय श्रीमानहरुलाई के आश्वस्त पार्न चाहन्छु भने न्याय क्षेत्रमा भएका अप्ठ्याराहरुलाई कानून बमोजिम आवश्यक सुधार गर्नका लागि म तयार छु । न्यायपालिका, व्यवस्थापिका र  कार्यपालिकामा नेपालको संविधानले सन्तुलन मिलाउने काम गरेको छ । व्यवस्थापिकाले कानून बनाउने, संशोधन गर्ने, कार्यपालिकाले त्यसको कार्यान्वयन गर्ने र ती कानूनहरु संविधान बमोजिम छन् कि छैनन् र कार्यपालिका उच्छृंखल हुनबाट रोक्न कानून पालन गराउने न्यायपालिका हो ।’न्यायपालिकाले लोकतन्त्रलाई थप सुदृढ बनाउन सहयोग गरेको चौरसीयाको भनाइ छ । 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।