image
image
पदभार ग्रहण गर्दै पौडेलले भनेः अस्पतालहरूमा अब लाइन बस्नुपर्दैन्

पदभार ग्रहण गर्दै पौडेलले भनेः अस्पतालहरूमा अब लाइन बस्नुपर्दैन्

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले पदभार ग्रहण गरेका छन् । सोमबार मन्त्रीमा नियुक्त भएर शपथ लिएपछि उनले स्वास्थ्य मन्त्रालय पुगेर पदभार ग्रहण गरेका हुन् ।पदभार ग्रहण गर्दै मन्त्री पौडेलले क्यान्सर रोगीहरूको उपचारका लागि एकरुपता कायम गर्ने गरी उपचार प्रणाली विकास गर्ने प्रतिवद्धता जनाए । उपचार सेवा प्रदान गर्नका लागि विशेष कार्यक्रमहरु ल्याउने पनि उनले घोषणा गरे । 

उनले भने,‘क्यान्सर रोगबाट धेरै नागरिकहरु पीडित भएको स्थिति छ । रोग लागेकाहरुलाई सुविधा दिने कुरा आर्फैमा जरुरी हो । त्योसँगसँगै रोग लाग्न नदिनु अर्को जरुरी कुरा हो । क्यान्सर रोगको उपचारका लागि एकरुपता कायम गर्ने गरी हामीले त्यसको प्रणाली विकास गर्ने छौं । र उपचार सेवा प्रदान गर्नका लागि हामीले विशेष कार्यक्रमहरु ल्याउने छौ । ’

उनले एक महिनाभित्र संघीय अस्पतालहरूमा लाइन बस्नु नपर्ने व्यवस्था गर्ने पनि प्रविद्धता जनाए । आफ्नो कार्यकाल मितब्ययी बनाउने उनले खादामाला भने ग्रहण गरेनन् ।सो अवसरमा स्वास्थ्य सचिव रोशन पोखरेल म्याटरलाई बुझेर निर्णय गर्ने नवनियुक्त मन्त्रीको स्वभावलाई मन्त्रालयमा लागू गर्न पाए मन्त्रालयले प्रगती गर्नेमा आफू ढुक्क रहेको बताए । आगामी दिनमा देखिने गरेर परिवर्तनको अनुभुती मन्त्रालयले चाहेको र टिमवर्कबाट अघि बढ्नआफू तयार रहेको पनि बताए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।