image
image
नेपालका लागि अष्ट्रेलियन राजदूतमा जोन्स्टन नियुक्त, भोल्क विदाइको तयारीमा

नेपालका लागि अष्ट्रेलियन राजदूतमा जोन्स्टन नियुक्त, भोल्क विदाइको तयारीमा

काठमाडौं । अष्ट्रेलिया सरकारले नेपालका लागि लियान जोन्स्टनलाई राजदूतका रुपमा नियुक्ति गरेको छ । हालकी राजदूत फेलिसिटी भोल्कको तीन बर्षे कार्यकाल सकिएपछि नयाँ राजदूत नियुक्त गरेको हो ।

सन् २०२१ मा भोल्कलाई अष्ट्रेलियाले राजदूतको रुपमा नेपाल पठाएको थियो । स्वदेश फर्किने भएपछि भोल्क हाल विभिन्न विदाइ कार्यक्रमहरु सरिक भइरहेकी छिन् । अष्ट्रेलियाकी विदेशमन्त्री पेनी वाङले नेपालका लागि अष्ट्रेलियन राजदूतको रुपमा लियान जोन्स्टनलाई नियुक्त गरेकी हुन् । यसअघि नाइजेरियाको अबुजामा कार्यावाहक अष्ट्रेलियन उच्चायुक्त रहेकी उनलाई नेपालका लागि नियुक्त गरिएको हो ।

हालैमात्र नेपाल कानून समाजले भोल्कको विदाइ समारोहको आयोजना गरेको थियो ।  उनले नेपाल र अष्ट्रेलियाको सम्बन्ध विस्तारमा महत्वपूर्ण भूमिका निर्वाह गरेकोमा प्रशंसा गरेको थियो ।उता, क्यानबेरामा रहेको नेपाली दूताबासमा जोन्स्टनका लागि स्वागत समारोहको आजोजना गरेको थियो । राजदूत कैलाशराज पोखरेलले जोन्स्टनलाई विशेष स्वागत गरेका थिए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।