image
image
अनुसन्धानको सुई घरको ढोकामा पुगेपछि संविधानको याद आयो ? –रवि लामिछाने

अनुसन्धानको सुई घरको ढोकामा पुगेपछि संविधानको याद आयो ? –रवि लामिछाने

काठमाडौं । गृहमन्त्री रवि लामिछानेले अनुसन्धानको घेरामा परेपछि नेकपा एमाले र कांग्रेसले रातारात सहमति गरेको आरोप लगाएका छन् । 
शुक्रबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनलेजब अनुसन्धानको सुई कसैको घरको ढोकामा ढकढक्याउन पुग्यो बल्ल संविधानको याद आएको भनेर कटाक्ष गरे । रास्वपाका मन्त्रीहरुले राजीनामा नदिएर सरकारमा टाँसिएर बसेको भन्ने आरोपप्रति आपत्ति जनाउँदै उनले विपद्को बेला जनता बचाउनका लागि सत्तामै बसेको स्पष्ट पारे । 

‘हामीलाई आशंका छ एकाएक सहमतिमा पुग्नुपर्ने अवस्था कसरी पुग्योरुरातारात संविधानको चिन्ता कसरी भयो ? जब अनुसन्धानको सुई कसैको घरको ढोकामा ढकढक्याउन पुग्यो संविधानको याद आयो ?’ उनले प्रश्न गरे ।गृहमन्त्री लामिछानेले दुई चारजना नेतालाई बाहेक सहमतीको जानकारी अरु कसैलाई नभएको भन्दै मध्यरातमा व्यापारीको घरमा बसेर गरिएको सहमती राष्ट्रिय सहमती कदापी नहुने टिप्पणी गरे ।

देश, जनता र आफ्ना दलका नेतालाई समेत थाहा नदिई गरिएको सहमतीलाई राष्ट्रिय सहमतिको नाम दिँदा ‘राष्ट्रिय’ शब्दको मानमर्दनभएको धारणा राखे । 

‘सदनमा जोडतोडका साथ सहमतीको कुरा चल्यो । तर दुःखका साथ भन्नुपर्छ । एक दुई जना नेता बाहेक सहमती भएको अरु कुनै नेतालाई थाहा छैन् । बिना जानकारीको सहमती न राष्ट्रलाई थाहा छ न देश, जनता र आफ्ना दलका नेतालाई थाहा छ,’ उनले भने । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।