image
image
आज विश्वासको मत लिँदै अल्पमतमा परेका प्रधानमन्त्री दाहाल

आज विश्वासको मत लिँदै अल्पमतमा परेका प्रधानमन्त्री दाहाल

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज बस्ने प्रतिनिधि सभा बैठकमा विश्वासको मत लिँदैछन् । माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री दाहालले वितेको डेढ वर्षको अवधिमा विश्वासको मत लिन लागेको यो पाँचौं पटक हो । 

प्रधानमन्त्री प्रचण्डले गत जेठ ७ गते विश्वासको मत लिँदा संसदका १५७ सांसदले विश्वासको मत दिएका थिए । ति मध्ये एमालेका ७९ सांसदले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि सरकार अल्पमतमा परेको छ । 

प्रचण्डले आज बस्ने प्रतिनिधिसभा बैठकमा  नेपालको संविधानको धारा १०० को उपधारा (२) अनुसार विश्वासको मत लिन लागेका हुन् । संसद्का दुई ठुला दल नेपाली कांग्रेस र नेकपा एमालेबीच सत्ता सहकार्यका लागि सहमति भएपछि एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो । दुवै ठूला दलले आलोपालो सरकारको नेतृत्व लिनेगरी सरकार गठनको सहमति र निर्णय गरेका छन् ।

 सुरुवाती चरणमा एमाले अधक्ष्य केपी शर्मा ओली प्रधानमन्त्री बन्ने र चुनावी सरकारको नेतृत्व कांग्रेस सभापति शेर बहादुर देउवाले गर्ने सहमति भएको नेताहरु बताउँछन् । यद्धपी सहमति भएको आज ११ दिन बित्दा समेत आजसम्म सहमति पत्र कुनै पनि दललले सार्वजनिक गरिसकेका छैनन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।