image
image
सबैसँग विश्वासको मत माग्ने माओवादी केन्द्रको निर्णय

सबैसँग विश्वासको मत माग्ने माओवादी केन्द्रको निर्णय


काठमाडौं । नेकपा माओवादी केन्द्रले प्रधानमन्त्रीलाई विश्वासको मत दिन सबै दल र स्वतन्त्र सांसदसँग अपिल गर्ने भएको छ।


बुधबार सिंहदरबारमा बसेको माओवादी संसदीय दलको बैठकले दलका नेतासमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका पक्षमा मत माग्ने निर्णय गरेको हो।

नेपाली कांग्रेससँग समीकरणको समझदारी भएसँगै एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिइसकेको छ। जसका कारण प्रचण्डले शुक्रबार प्रतिनिधिसभामा विश्वासको मत लिने तयारी गरेका छन्।

स्पष्ट अल्पमतमा परेपछि नयाँ समीकरणमा जोडिएका कांग्रेस र एमालेले प्रधानमन्त्रीलाई राजीनामा दिएर मार्ग प्रशस्त गर्न आग्रह गर्दै आएका छन्। तर प्रधानमन्त्री प्रचण्ड भने संसदमा विश्वासको मत लिने तयारीमा छन्।

उनका अनुसार प्रचण्डले बैठकमा पछिल्लो राजनीतिक अवस्थाबारे ब्रिफिङ गरेका थिए। बैठकले प्रधानमन्त्रीलाई विश्वासको मत दिन ह्विप जारी गर्ने निर्णय पनि गरेको पाण्डेले बताए। 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।