image
image
बिमस्टेक कार्यक्रममा भाग लिन परराष्ट्र सचिव भारत जाँदै

बिमस्टेक कार्यक्रममा भाग लिन परराष्ट्र सचिव भारत जाँदै

 

काठमाडौँ । परराष्ट्र मन्त्रालयका सचिवालय सेवा लम्साल आज भारत जाने भएकी छन् । भोलिदेखि सुरु हुने दोस्रो बिमस्टेक विदेशमन्त्रीहरुको निर्धारित रिट्रिटमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै उनी त्यता जान लागेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।


कार्यक्रममा उपप्रधानमन्त्री समेत रहेका परराष्ट्र मन्त्री नारायणकाजी श्रेष्ठ जाने कार्यक्रम तय भएको थियो । तर राजनीतिक परिस्थितिका कारण उनले आफैँ नगएर सचिवलाई पठाएका हुन् ।  उनको सचिवालयका अनुसार असार २८ गते प्रधानमन्त्रीले विश्वासका मत लिने कार्यक्रम रहेकाले मन्त्री श्रेष्ठ भारत नगएका हुन् ।


कार्यक्रममा बिमस्टेकभित्र पारस्परिक हितका विषयमा सहमति भएका क्षेत्रमा क्षेत्रीय सहयोग र साझेदारीलाई थप सुदृढ बनाउन छलफल हुने बताइएको छ ।


यसअघि भारतमै बिमस्टेक सम्मेलन भएको थियो । असार २८ गते सकिने सो कार्यक्रमपछि बिमस्टेक सदस्य राष्ट्रका विदेशमन्त्री तथा प्रतिनिधिमण्डलका प्रमुखहरूले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग संयुक्त भेटवार्ता गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । परराष्ट्र सचिव लम्साल असार २९ गते फर्किने कार्यक्रम रहेको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।