image
image
एमाले नेताको कार्य विभाजन मापदण्ड  केन्द्रीय सदस्यलाई निर्वाचन क्षेत्र खटाउने

एमाले नेताको कार्य विभाजन मापदण्ड  केन्द्रीय सदस्यलाई निर्वाचन क्षेत्र खटाउने

एमाले नेताको कार्य विभाजन मापदण्ड  केन्द्रीय सदस्यलाई निर्वाचन क्षेत्र खटाउने

काठमाडौँ । नेकपा एमालेले एक वर्षअघि गरेको केन्द्रीय नेताहरूको कार्य विभाजनमा हेरफेर गरेको छ । यसअघि फरक भूगोलको जिम्मेवारी पाएका नेताहरू अब आफ्नै क्षेत्रमा फर्किएका छन् । बुधवार बसेको सचिवालय बैठकले नेताहरूको एक वर्षअघि गरेको कार्य विभाजन पुरा भएकाले अब नयाँ कार्य  विभाजन गर्ने आधारबारे छलफल गरेको जानकारी दिए ।   


त्यस्तै एमालेले सबै जिल्लाहरूलाई साउन महिनाभित्र २०८१ को पार्टी सदस्यता नवीकरण गरेर भदौसम्म केन्द्रीय सङ्गठन विभागबाट प्रमाणीकरण गरिसक्न निर्देशन दिएको छ । 


जिल्ला अधिवेशन गर्न बाँकी ११ जिल्लाको अधिवेशन आगामी कात्तिकभित्र सम्पन्न गर्न पनि एमाले सचिवालय बैठकले निर्देशन दिएको छ । साथै निर्वाचन क्षेत्र समन्वय कमिटीलाई प्रभावकारी बनाउन २० प्रतिशतसम्म सदस्य मनोनयन गर्न पाउने र सचिवालय समेत बनाउन पाउने गरी अधिकार दिने एमालेले जनाएको छ । 

सचिवालय बैठकले पार्टीको सहकारी तथा गरिबी निवारण विभागको सचिवमा परितोष पौडेल र भूमि व्यवस्था विभागको सचिवमा विजय पौडेललाई तोकेको छ । यसका साथै सचिवालय बैठकले प्रदेश कमिटीले अनुमोदनका लागि पठाएका केही प्रस्तावहरू अनुमोदन गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।