image
image
शान्ति प्रक्रिया नटुङगिएका कारण अहिलेको परिवर्तन ‘सहिद’ छ : परराष्ट्रमन्त्री  श्रेष्ठ

शान्ति प्रक्रिया नटुङगिएका कारण अहिलेको परिवर्तन ‘सहिद’ छ : परराष्ट्रमन्त्री  श्रेष्ठ

काठमाडौं । परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले शान्ति प्रक्रिया नटुङगिएका कारण अहिलेको परिवर्तन ‘सहिद’ नै रहेको बताएका छन् । शनिबार काठमाडौंमा आयोजित स्मृतिमा पद्यमरत्न तुलाधार पुस्तक विमोचन कार्यक्रममा उनले, शान्ति प्रक्रिया नटुङगिएको कारण अहिलेको परिवर्तन सहिद नै रहेको भन्दै संक्रमणकालिन न्यायसँग सम्बन्धित काम छिटो भन्दा छिटो पूरा गर्ने प्रतिवद्धताका साथ अगाडि बढिराखेको बताए । 

उनले भने, ‘नेपाल अहिले शान्ति प्रक्रियाको कारणले गर्दा हालको परिवर्तन सहिद छ । शान्ति प्रक्रियाको काम अझै गर्न बाँकी छ । संक्रमणकालीन न्यायसँग सम्बन्धित काम छिटो भन्दा छिटो पूरा गर्ने प्रतिवद्धताकासाथ अगाडि बढ्नुपर्नेछ ।’उनले स्वर्गीय पद्यमरत्न तुलाधार एक वहुआयामिक व्यक्तित्व रहेको स्मरण गरे ।

 तुलाधारले उत्पीडित भाषा र सांस्कृतिको पक्षमा भएको आन्दोलनको नेतृत्व गर्नका साथै त्यो आन्दोलनमार्फत नेपालको यथास्थितिवाद र राजनीतिक निरङकुशताका विरुद्ध पनि संघर्ष झेलेको बताए । उनले भने,‘पद्यमरत्न तुलाधार दाईसँग अत्यन्तै भावनात्मक सम्बन्ध रहेको थियो । उहाँ भाषा, सांस्कृतिक आन्दोलनको नायक हुनुहुन्थ्यो । उहाँले उत्पीडित भाषा र सांस्कृतिको पक्षमा आन्दोलनको नेतृत्व त गर्नु नै भयो । तर त्यो आन्दोलन खाली भाषा र संस्कृतिको आन्दोलन मात्र थिएन । उहाँले त्यो आन्दोलनमार्फत नेपालको यथास्थितिवादविरुद्ध राजनीतिक निरङकुशताका विरुद्ध पनि संघर्ष झेल्नु भएको थियो ।’उनले तुलाधारको योगदानलाई सदैव सम्मान गर्दै उहाँले देखेका सपनाहरु पूरा गर्न सबै जना लागि पर्नुपर्ने बताए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।