image
image
सहकारी समस्या समाधान गर्न भावनात्मक एकता आवश्यक रहेको छ : मन्त्री अधिकारी

सहकारी समस्या समाधान गर्न भावनात्मक एकता आवश्यक रहेको छ : मन्त्री अधिकारी

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले सहकारी समस्याको समाधानमा मन्त्रालय प्रतिबद्ध रहेको बताएका छन् । 

शुक्रबार प्रथम सहकारी रोजगार मेला २०२४ को उद्घाटन गर्दै उनले सहकारीहरु उद्देश्य विपरित व्यापार, व्यवसाय, व्यक्तिगत नाफाको आधारमा चलेको हुनाले समस्याहरु आएको भन्दै त्यसमा मन्त्रीको हैसियतले व्यवहारिक रुपमा समस्या समाधानमा लाग्ने बताए । 

उनले भने, ‘सहकारी स्थापनाको उद्देश्य, लक्ष्य अनुसार सहकारीहरु चल्नैपर्छ । अहिले केही केही सहकारीहरुले उद्देश्य विपरित व्यापार, व्यवसाय, व्यक्तिगत नाफाको आधारमा चलेको हुनाले पनि समस्याहरु आएका छन् । सबै कुरामा मन्त्रालय र मन्त्रीको तर्फबाट व्यवहारिक रुपमा समस्या समाधान गर्नको लागि कहाँकस्तो किसिमको प्रयास गर्नुपर्छ, कुन बाटो हिंड्दा सहज हुन्छ भन्ने दिशातर्फ जानको लागि सरकार र म सधैँ तयार छु ।’ 

यस्तै, उनले एकले अर्काको विरोध गर्न थाल्यो भने कहिले सफलता हासिल नहुने भन्दै समस्या समाधानको लागि सहकारीमा भावनात्मक एकता कायम हुनुपर्ने बताए । उनले भने, ‘हाम्रो सहकारीमा पहिलो कुरा भावनात्मक एकता कायम हुनुपर्छ । एकले अर्काको विरोध गर्न थाल्यो भने कहिले पनि सफलता हासिल गर्न सकिदैँन् । सबैले उद्देश्य पूरा गर्ने भनेर लाग्ने हो भने पूरा हुन्छ । तर सबैले मैले गर्ने मेरो लागि गर्ने भनेर लाग्ने हो भने कहिले पनि हुदैँन् । सबै बचनबद्ध भएर अगाडि बढ्ने हो भने सहकारीमा देखिएका सबै समस्याहरु हल हुन्छन् ।’ 

रोजगारीको लागि विदेश नै जानुपर्छ भन्ने जुन भष्य निर्माण भएको छ त्यसलाई कम गराउनको मेला र प्रदर्शनले सहयोग पु¥याउने विश्वास लिएको पनि उनको भनाइ छ । उनले भने, ‘अहिले युवाहरुलाई सहकारी क्षेत्रमा आकर्षित गर्न सकिएको छैन् भन्ने गुनासोहरु धेरै आएका छन् । त्यो भनेको युवाहरुको भावना अनुसार हामीले योजना ल्याउन सकेका छैनौ र उनीहरुको चाहना अनुसार हामी अघि बढ्न सकेका छैनौ । त्यसकारण हामीसँग धेरै सम्भावनाहरु छन् र त्यसलाई पुर्ति गर्ने ठाँउहरु पनि छ । त्यो सम्भावनालाई व्यवस्थित गर्न मेलाले पनि सहयोग पु¥याउँछ होला भन्ने विश्वास छ ।’ रोजगार मेला आजदेखि ९ गतेसम्म सञ्चालन हुनेछ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।