image
image
नेपाल एयरलाइन्स सुधारमा के–के काम भयो पर्यटनमन्त्रीलाई सोविता गौतमको प्रश्न

नेपाल एयरलाइन्स सुधारमा के–के काम भयो पर्यटनमन्त्रीलाई सोविता गौतमको प्रश्न


काठमाडौं । वायु सेवा सुधार सम्बन्धी सुझाव के के कार्यान्वयन भयो भनेर संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री हितबहादुर तामाङसँग राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद सोबिता गौतमले जवाफ मागेकी छन् ।आज प्रतिनिधि सभामा शून्य समयमा बोल्दै उनले नेपाल सरकारको शतप्रतिशत लगानी रहेको नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) निरन्तर घाटामा रहेको स्मरण गराइन् ।

सांसद गौतमले  निगमको सुधारका लागि सरकारले सुझाव दिन २०५८ सालयता ८–९ वटा सुझाव समिति तथा कार्यदल गठन भएको उल्लेख गर्दै ती सुझाव के कति कार्यान्वयन भए भनेर सोधेकी हुन् ।पछिल्लो पटक २०७६ मा गठित सुझाव कार्यदलको प्रतिवेदन पेश भएको र उक्त प्रतिवेदनमा तत्काल गर्न सकिने सुधार र दीर्घकालीन सुधारहरु उल्लेख गरिएको भन्द सांसद गौतमले प्रश्न गरिन्, ‘सुझाव कार्यदल गठन गरेर प्रतिवेदन सार्वजनिक गर्नाले मात्र वायु सेवा सुधार हुँदैन । सो सुझाव के के कार्यान्वयन भयो ? के बाँकी छ?’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।