image
image
सबै कवाडी महानगरको कार्यालय र मेयर बालेनको घर अगाडी थुपारिदीनु : सांसद सिंह

सबै कवाडी महानगरको कार्यालय र मेयर बालेनको घर अगाडी थुपारिदीनु : सांसद सिंह

काठमाडौं । स्वतन्त्र सांसद डा.अमरेश कुमार सिंहले कवाडी व्यवसायीहरुले सबै कवाडी महानगरको कार्यालय र मेयर बालेन शाहको घर अगाडी लगेर थुपारिदीन आग्रह गरेका छन् ।

प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद सिंहले काठमाडौँमा आन्दोलित रहेका कवाडी व्यवसायीमाथि प्रहरीले दमन गरेको भन्दै बालेनले सिकाए जस्तै कवाडी लगेर उनको कार्यालय र घर अगाडी थुपारिदीन आग्रह गरेका हुन् ।

उनले कवाडी व्यवसायीको शान्तिपूर्ण प्रदर्शनमाथि दमन गरिएको भन्दै यसलाई आफुले मधेशीमाथिको दमनको रुपमा हेरेको टिप्पणी गरेका छन् । उनले काठमाडौँमा हुने आन्दोलनमा अन्य र मधेशीमाथि विभेद हुने गरेको बताइदै डा. सिंहले अरु आन्दोलनमा पानीको फोहोरा हान्ने प्रहरीले मधेशीको प्रदर्शनमा लाठि बर्साएको आरोप लगाए । सांसद सिंहले यस घटनामा गृहमन्त्रीको जवाफका लागि रुलिङको समेत माग गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।