image
image
प्रतिनिधि सभाको बैठक बस्दै, मन्त्रीहरुले जवाफ दिँदै

प्रतिनिधि सभाको बैठक बस्दै, मन्त्रीहरुले जवाफ दिँदै

काठमाडौं । प्रतिनिधिसभा बैठक आज पनि बस्दैछ । बैठक बिहान ११ बजे संघीय संसद् भवन नयाँ बानेश्वरमा बस्ने गरी डाकिएको छ ।  बुधबार बस्ने बैठकमा विनियोजन विधेयकमाथिको छलफल जारी रहने संसद् सचिवालयले जनाएको छ । 

आजको सांसद पुष्पबहादुर शाह, प्रेम सुवाल, डा।अमरेशकुमार सिंह र ध्रुवबहादुर प्रधानले विनियोजन विधेयक, २०८१ अन्तर्गत युवा तथा खेलकुद मन्त्रालय शीर्षकको खर्च रकमलाई घटाई एक रुपैयाँ गरियोस् भनी खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्ने संसद्को कार्यसूची रहेको महासचिव पद्य प्रसाद पाण्डेले जानकारी दिएका छन् । 

त्यसैगरी दोस्रो बैठकमा विनियोजन विधेयक, २०८१ अन्तर्गत विभिन्न शीर्षकमाथिको छलफलको क्रममा उठेका प्रश्नको आठ वटा मन्त्रालयका सम्बन्धित मन्त्रीहरूले जवाफ दिने कार्यसूची रहेको छ।

स्वास्थ्य तथा जनसंख्यामन्त्री, वन तथा वातावरणमन्त्री, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री, श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री, शहरी विकासमन्त्री, रक्षामन्त्री, खानेपानीमन्त्री र महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्रीले जारी छलफलमा सांसदले उठाएका प्रश्नको आज जवाफ दिनेछन्।  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।