image
image
तपाइँ झापा र धनुषाको मात्र मन्त्री हो भन्दै ज्ञानेन्द्र शाहीको महासेठलाई प्रश्न

तपाइँ झापा र धनुषाको मात्र मन्त्री हो भन्दै ज्ञानेन्द्र शाहीको महासेठलाई प्रश्न

काठमाडौं । राप्रपाका सांसद ज्ञानेन्द्र शाहीले भौतिक पूर्वाधारमन्त्री रघुवीर महासेठलाई तपाइँ झापा र धनुषाको मात्र मन्त्री हो भन्दै प्रश्न गरेका छन् । प्रतिनिधि सभाको मंगलबारको बैठकमा विशेष समयमा बोल्दै सांसद शाहीले मन्त्री महासेठले झापा र धनुषामा मात्र बजेट केन्द्रित गरेको आरोप लगाएका छन् ।

उनले भौतिक पूर्वाधार मन्त्रालयको कुल बजेटको १० प्रतिशत बजेट धनुषा र झापामा छुट्याइएको तर सिंगो कर्णालीलाई केवल ४ प्रतिशत बजेट छुट्याएको भन्दै आपत्ति जनाएका थिए । 

उनले धनुषा जिल्लामा ८ अर्ब ७७ करोडको बजेट विनियोजन गरेको र झापामा ६ अर्ब ७० करोड बजेट विनियोजन गरेको आँकडा प्रस्तुत गरेका थिए । सांसद शाहीले कर्णालीका १० जिल्लाले ७ अर्बको बजेट विनियोजन गरेको उल्लेख गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।