image
image
प्रतिनिधिसभाको बैठक बस्दै, बजेटमाथिको छलफल निरन्तर

प्रतिनिधिसभाको बैठक बस्दै, बजेटमाथिको छलफल निरन्तर

काठमाडौं । संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक मंगलबार बिहान ११ बजे बस्दैछ । प्रतिनिधिसभामा सरकारले संसद्मा पेश गरेको आगामी आर्थिक वर्षको बजेटमाथिको छलफल निरन्तर छ । 

मंगलबार गृह मन्त्रालय, परराष्ट्र मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय तथा सो मन्त्रालयअन्तर्गतका राष्ट्रिय योजना आयोग, उपराष्ट्रपतिको कार्यालय र राष्ट्रपतिको कार्यालयको बजेटमाथि छलफल हुने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयले जानकारी दिए । 

मंगलबारको बैठकमा सांसदहरूले विनियोजन विधेयक, २०८१ अन्तर्गत गृह मन्त्रालय, परराष्ट्र मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको खर्च रकमलाई घटाई एक रुपैयाँ कायम गरियोस् भनी खर्च कटौतीको प्रस्ताव पेश गर्ने कार्यसूची छ । बैठकमा सांसद अमरेशकुमार सिंह, प्रेम सुवाल, बुद्धिमान तामाङ, रोशन कार्की, राजेन्द्रप्रसाद लिङदेन, ज्ञानबहादुर शाही, ध्रुबबहादुर प्रधान र विना लामाले खर्च कटौतीको प्रस्ताव पेश गर्ने कार्यसूची रहेको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।