image
image
सबै जातजाति, धर्म सम्प्रदाय र चाडपर्वहरुको आदर गर्ने नेपाली परम्परा विशिष्ट : सभापति देउवा

सबै जातजाति, धर्म सम्प्रदाय र चाडपर्वहरुको आदर गर्ने नेपाली परम्परा विशिष्ट : सभापति देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सबै जातजाति, धर्म सम्प्रदाय र चाडपर्वहरुको आदर गर्ने नेपाली परम्परा विशिष्ट रहेको बताएका छन् । सोमबार बकर ईदको अवसरमा शुभकामना सन्देश जारी गर्दै सभापति देउवाले यस्तो चाडपर्वले मुलुकमा शान्ति, सद्भाव र संमृद्धि ल्याउन प्रेरणा मिल्ने विश्वास व्यक्त गरेका छन् ।

 ‘नेपाल प्राचीन कालदेखि नै विभिन्न जात, जातिहरुको बसोबासको संगम स्थल रहेकोले यहाँ विभिन्न भाषा, विभिन्न धर्म, विभिन्न संस्कृति र चाँडपर्वहरुको आफ्नो बेग्लै विशेषता छ । र सबैलाई आदर र सम्मान गर्ने हाम्रो आफ्नै विशिष्ट परम्परा छ,’ देउवाले सन्देशमा भनेका छन् । उनले बकर इदले सम्पूर्ण जातजाति तथा धर्मावलम्बीहरुमा एकताको सन्देश दिन सफल हुने विश्वास समेत व्यक्त गरेका छन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।