image
image
क्षेत्रमा भएका उपाधीहरुलाई शिक्षा क्षेत्रसँग जोड्नुपर्छ : सांसद सुवाल

क्षेत्रमा भएका उपाधीहरुलाई शिक्षा क्षेत्रसँग जोड्नुपर्छ : सांसद सुवाल

काठमाडौं । नेमकिपाका सांसद प्रेम सुवालले खेलकुद क्षेत्रमा भएका उपाधीहरुलाई शिक्षा क्षेत्रसँग जोड्नुपर्ने बताएका छन् । मंगलबार प्रतिनिधिसभाको बैठकमा युवा तथा खेलकुद मन्त्रालय र शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयमार्फत बजेट कटौतीको प्रस्ताव पेस गर्दै उनले भक्तपुरको सिद्धपोखरीको खेल मैदानमा यथावत रुपमा खेल्न पाउनुपर्ने बताए । 

उनले भने, ‘युवालाई धुम्रपान र सुर्तिजन्य पदार्थ सेवनबाट टाढा राख्न,  भक्तपुरको महेश्वरी खेलमैदानमा भवन निर्माण गर्न, भक्तपुरका जनताले पहिलेदेखि प्रयोग गर्दै आएको सिद्धपोखरीको उत्तरतर्फको खेलमैदान यथावत राख्न, खेलकुदको उपाधीलाई शैक्षिक क्षेत्रसँग मिलान गर्न प्रस्ताव पेस गर्दछु ।’त्यस्तै सांसद सुवालले विश्वविद्यालयमा उत्कृष्ट भएका विद्यार्थीहरुलाई उचित सुविधा दिइ विद्यालय र कलेजको शिक्षणमा नियुक्ति गराई नयाँ पुस्ता निर्माण गर्नुपर्ने बताएका छन् । 

उनले भने,‘विद्यालयको पूर्वाधारका लागि प्राप्त सरकारी जग्गा भाडामा लगाएर कमीसन खाने शिक्षकहरुलाई कारवाही गर्न, विद्यालय शिक्षा अनिवार्य एवम निःशुल्क गर्न साथै विश्वविद्यालय शिक्षा निःशुल्क गर्न प्रस्ताव पेस गर्दछु ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।