image
image
गिरीबन्धुको फाइल कहिले खुल्छ भन्दै गृहमन्त्रीलाई ज्ञानेन्द्र शाहीको प्रश्न

गिरीबन्धुको फाइल कहिले खुल्छ भन्दै गृहमन्त्रीलाई ज्ञानेन्द्र शाहीको प्रश्न

काठमाडौं । राप्रपा सांसद ज्ञानेन्द्र बहादुर शाहीले गिरीबन्धु टीस्टेट प्रकरणको फाइल कहिले खुल्छ भनेर सरकारलाई प्रश्न गरेका छन् ।संसदमा विशेष समय लिएर बोल्दै सांसद शाहीले गृहमन्त्री रवि लामिछानेलाई गिरी बन्धु प्रकरणको फाइल कहिले खुल्छ भन्दै प्रश्न गरेका हुन् ।

सांसद शाहीले गिरी बन्धु, वाइडबडी, फोर जी, मेलम्ची, टेरामेक्स फाइल कहिले खुल्छ भन्दै प्रश्न गरेका छन् ।उनले जीबी राई ठुलो की सरकार ठुलो भन्दै अहिले जीबी राई ठुलो देखिएको बताउदै उनले सरकारले जीबी राईलाई पक्राउ गर्न नसकेको आरोप लगाए । उनले जीबी राईलाई तत्काल पक्राउ गर्न माग गरेका छन् ।

उनले भने–आकासमा भए पनि पातालमा भए पनि जीबी राईलाई खोजेर ल्याउछु भनेर गृहमन्त्रीले भन्नु भएको थियो, कहिले ल्याउनुहुन्छ, हामीले हेरेर बसेका छौं ।सांसद शाहीले सुदूरपश्चिमकी चेली निर्मलाका हत्याराको कहिले पत्ता लाग्छ भन्दै गृहमन्त्रीलाई प्रश्न गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।