image
image
नाराबाजीका बीच सरकारको नीति तथा कार्यक्रम पारित

नाराबाजीका बीच सरकारको नीति तथा कार्यक्रम पारित


 काठमाडौं । सभामुख देवराज घिमिरेले आर्थिक वर्ष २०८१।०८२ को नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रम बहुमतले पारित भएको घोषणा गरेका छन् 
। आइतबार प्रतिनिधि सभाको बैठकमा विपक्षी दल नेपाली कांग्रेसले विरोध जनाए पनि नीति तथा कार्यक्रम बहुमतले पारित भएको घोषणा गरिएको हो । 

उनले भने, ‘राष्ट्रपतिले २०८१ जेष्ठ १ गते मंगलबार संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा गर्नु भएको सम्बोधनमा उल्लेखित आर्थिक वर्ष २०८१।०८२ को नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रम बहुमतले पारित भएको घोषणा गर्दछु ।’

जेष्ठ १५ गते दिनको १ बजे संयुक्त बैठकमा नेपाल सरकारको अर्थमन्त्रीले आर्थिक वर्ष २०८१।०८२ को राजस्व र व्ययको वार्षिक अनुमान पेश गर्ने कार्यसूची पनि रहेको छ । उनले भने, ‘संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा नेपाल सरकारको अर्थमन्त्रीले आर्थिक वर्ष २०८१।०८२ को राजस्व र व्ययको वार्षिक अनुमान पेश गर्नुपर्ने भएकोले सोही मितिमा दिनको १ बजे बैठक बस्ने गरि संयुक्त बैठक हुनेछ ।’यसको साथै सदनको बाँकी कार्यक्रम कार्यसूचीबाट हटाएर अर्को बैठक जेष्ठ १५ गते दिनको ४ बजे बस्नेगरि आइतबारको बैठक स्थगित भएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।