image
image
कांग्रेसको अडान कायमै, कार्यादेशमा अझै जुटेन सहमति

कांग्रेसको अडान कायमै, कार्यादेशमा अझै जुटेन सहमति

काठमाडौं । सहकारी ठगीका विषयमा संसदीय छानबिन समितिको कार्यादेशमा अझै सहमति जुट्न सकेको छैन । आज बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र कांग्रेस सभापति शेरबहादुर देउवालाई उनको निवास बुढानीलकण्ठ पुगेर छलफल गरेका थिए ।

भेटवार्तामा प्रधानमन्त्रीले छानबिन समितिमा गृहमन्त्री रवि लामिछानेको नाम नराखी गोर्खा मिडियाको मात्रै राखेर सहमति गर्न अनुरोध गरेका थिए ।  सभापति देउवा अस्वस्थ बनेपछि प्रधानमन्त्री उनको निवासमै पुगेर छलफल गरेका हुन् । 

तर सभापति देउवाले असहमति जनाएको कांग्रेस सहमहामन्त्री जीवन परियारले बताए । परियारले सत्तारुढ दलका नेताहरुले चलाखीपूर्ण कुरा गरिरहेको बताउदै उहाँहरुले कम्पनि जवाफदेहि हुने तर व्यक्ति हुने किसिमको कुरा गरिरहेको, जुन आफुहरुलाई स्वीकार्य नभएको बताए । 

त्यसपछि बसेको कांग्रेस शीर्ष नेताको छलफलले आफ्नो अडान नछाड्ने निर्णय गरेको गरेको हो ।कार्यादेशमा सहमति हुन नसकेपछि आजको संसद बैठकमा कांग्रेसको अवरोध कायमै रहने देखिएको छ । आजको प्रतिनिधिसभामा सरकारको नीति तथा कार्यक्रम पारित गर्ने कार्यसूची रहेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।