image
image
राप्रपा केन्द्रीय कार्य समिति बैठक आजपनि बस्दै, यस्ता छन् मुख्य एजेण्डा

राप्रपा केन्द्रीय कार्य समिति बैठक आजपनि बस्दै, यस्ता छन् मुख्य एजेण्डा


काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय कार्य समिति बैठक आज पनि बस्दै छ ।  बैठक बिहान साढे ८ बजे धुम्बाराहीमा बस्ने तय भएपनि केही ढिलो गरी शुरु हुने राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले जानकारी दिए । 

हिजोदेखि काठमाडौंमा सुरु भएको केन्द्रीय कार्य समितिको बैठकमा आज पनि विभिन्न कार्यपत्रहरु प्रस्तुत गर्ने क्रम जारी रहने अध्यक्ष लिङ्देनले बताए । उनले भने, ‘हिजोको बैठकमा विभिन्न कार्यपत्रहरु प्रस्तुत भएका थिए । आज पनि कार्यपत्र प्रस्तुत गर्ने क्रमले निरन्तरता पाउछ  ।

 त्यसपछि कार्यपत्रमाथि छलफल हुने छ । आज मैले राजनीतिक कार्यपत्र प्रस्तुत गर्दै छु । सचिवालय, कोषाक्षध्य र प्रदेश अध्यक्षहरुले समेत आ–आफ्नो कार्यपत्र प्रस्तुत गर्नुहुन्छ। ’भोलीसम्म चल्ने उक्त बैठकमा कार्यपत्रहरु बाहेक राष्ट्रिय राजनीति र समसामयिक विषयहरुले छलफलमा महत्व पाउने लिङ्देनले जानकारी दिए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।