image
image
सदनको अवरोधको विषयमा कांग्रेससँग छलफल गर्दै प्रधानमन्त्री

सदनको अवरोधको विषयमा कांग्रेससँग छलफल गर्दै प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाली कांग्रेसलाई छलफलका लागि बोलाएका छन् ।प्रधानमन्त्रीले आज साँझ ६ बजे प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसलाई सदनको अवरोधको विषयमा छलफल गर्न बोलाएका हुन् ।

कांग्रेसले गृहमन्त्री रवि लामिछाने सहकारी ठगीमा पुछिएको भन्दै संसदीय छानबिन समिति गठन गर्न माग गरेको छ ।  साथै कांग्रेसको मागमा विपक्षमा रहेका दल राप्रपा, जसपा नेपाल र लोसपा लगायतले साथ दिएपछि सरकार थप दबाबमा परेको देखिएको छ ।

प्रतिनिधि सभाको बैठक बिहान ११ बजेका लागि बोलाईएको थियो । तर, दलहरुबीच सहमति नजुट्दा दिउँसो २ बजेसम्म बैठक सारिएको छ । अहिलेसम्म दलहरुबीच कुनैपनि ठोस सहमति नभएले २ बजेको बैठक पनि अन्योलमा परेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।