image
image
संसदीय छानबिन समिति बनाउन विपक्षी दल एकजुट

संसदीय छानबिन समिति बनाउन विपक्षी दल एकजुट

 काठमाडौं । प्रतिनिधिसभामा विपक्ष दलहरुले कांग्रेसले उठाएको सहकारी प्रकरणमा संसदीय छनबिन समितिको मागमा एकमत हुने निर्णय गरेको छ ।संसद् भवन नयाँबानेश्वरमा बसेको विपक्षी दलहरुको बैठकले कांग्रेसको मागमा एकजुट हुने निर्णय गरेको हो । त्यस्तै बैठकले सभामुखलाई हिजोको घटनाका सम्बन्धमा ध्यानाकर्षण गराउने निर्णय गरेको छ ।

सहकारी प्रकरणमा उपप्रधान तथा गृहमन्त्रीमाथि रवि लामिछानेमाथि संसदीय छानबिन समितिको अडानमा रहेको कांग्रेसले निरन्तर सदन अवरुद्ध गरिरहेको छ ।कांग्रेसका सभापति शेरबहादुर देउवाले बोलाएको विपक्षी दलहरुको बैठकमा जनता समाजवादी पार्टी, नेपालका नेताहरु पनि सहभागी भएका थिए ।

त्यस्तै बैठकमा जसपा, नेपालका अध्यक्ष एवम् संसदीय दलका नेता उपेन्द्र यादव र नेता राजकिशोर यादव सहभागी छन् । त्यस्तै राप्रपाबाट बुद्धिमान तामाङ र ज्ञानेन्द्र शाही उपस्थित छन् भने लोसपाबाट महन्थ ठाकुर र शरदसिंह भण्डारी लगायतका नेताहरु सहभागी रहेका थिए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।