image
image
कांग्रेस केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक राख्नुपर्छ : नैनसिंह महर

कांग्रेस केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक राख्नुपर्छ : नैनसिंह महर

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय सदस्य नैनसिंह महरले कांग्रेस केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक राख्न माग गरेका छन् । पार्टी सभापति शेरबहादुर देउवालाई लिखित पत्र बुझाउँदै उनले तत्काल संयुक्त बैठक आह्वान गर्न माग गरेका हुन् ।

पत्रमा महरले सभापति तथा पदाधिकारीलाई सम्बोधन गरेका छन् । सहकारी रकमको ठगी, सरकारी जग्गा (गिरिबन्धु टिस्टेट) लगायतका विषयमा साझा धारणा बनाउन उनले संयुक्त बैठकको माग गरेको जनाएका छन् ।

‘अहिले सरकारमा संलग्न यी स्वेत अपराधीहरूलाई कारबाहीको दायरामा ल्याउनु पर्ने माग सहित कांग्रेस , संसद् र सडकमा सङ्घर्षरत छ। सांसदलाई खसीको टाउको राखेर कुकुरको मासु बेच्ने थलो हो भन्ने वामपन्थी धारणामा विश्वास राख्नेहरू र पपुलिजमका नाममा कुनै राजनीतिक आईडियोलोजी बनाई नसकेकाहरूबाट संसदीय व्यवस्थाको गरिमा बढाउन पूर्ण साथ समर्थन रहने कुरामा जनताको तहबाट शङ्का आशङ्का छदै छ ’ सभापतिलाई बुझाएको निवेदनमा उनले लेखेका छन् ‘वर्तमान समसामयिक विषयवस्तुलाई जनमानसमा लैजान र जनविरोधी कार्यको भण्डाफोर गर्नका लागि साझा धारणा बनाउन लामो समय देखि बस्न न सकेको नेपाली कांग्रेस केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक राख्न जोडदार माग गर्दछु । ’


 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।