नेपालमा कोरोनाको बेलायत ‘भेरियन्ट’ बढ्दो क्रम
काठमाडौँ। नेपालमा कोरोना भाइरसको बेलायत ‘भेरियन्ट’ बढ्दै गएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बताएको छ। कोरोनाको बेलायत भेरियन्ट बढेपछि मन्त्रालयले कोभिड संकट व्यवस्थापन केन्द्रलाई १० बुँदे सिफारिस गरेको छ।
मन्त्रालयले बेलायतको भेरियन्टको मात्रा बढ्दो देखिएको तथा विद्यालय जाने उमेर समूहमा पनि संक्रमण बढ्दो रहेकोले सम्पूर्ण शैक्षिक संस्थाहरूमा ३ हप्तासम्म अनलाइन माध्यमबाट कक्षा सञ्चालन गर्न जानकारी गराएको छ ।
बढी भीडभाड र जोखिमयुक्त स्थानहरूमा बढ्न सक्ने, शपिङ मल, पार्टी प्यालेस, हेल्थ क्लब स्विमिङ पुल लगायतका अन्य स्थानहरू हालको परिस्थितिलाई ध्यानमा राख्दै जनस्वास्थ्यका मापदण्ड अति कडाइका साथ पालना गरेर मात्रै सञ्चालन गर्ने अन्यथा बन्द गर्न/गराउन सिफारिस गरिएको छ।
विदेशबाट घर फर्केपछि क्वारेन्टिन गरेका र संक्रमित भएर घरमै आइसोलेसनमा रहेकाले तोकिएका नियम पालना गर्न प्रेरित गर्ने र आवश्यक निगरानीका लागि स्थानीय तहहरूलाई अनुरोध गर्ने मन्त्रालयले बताएको छ।