image
image
रेशमलाल चौधरी नाउपाको अध्यक्षमा निर्विरोध, कुन पदमा कति जनाको उम्मेदवारी दर्ता ?

रेशमलाल चौधरी नाउपाको अध्यक्षमा निर्विरोध, कुन पदमा कति जनाको उम्मेदवारी दर्ता ?

काठमाडौं । नागरिक उन्मुक्ति पार्टीको अध्यक्ष पदमा संरक्षक रेशमलाल चौधरीको मात्र उम्मेदवारी परेको छ । बिहीबारबाट सुरु भएको महाधिवेशन नयाँ कार्यसमिति चयन गर्न शुक्रबार भएको मनोनयन दर्ताको समयावधिमा अध्यक्ष पदमा रेशमलाल चौधरीको मात्र उम्मेदवारी दर्ता भएको हो । योसँगै अध्यक्षमा निर्विरोध भएका छन् । तर, यसको औपचारिक घोषणा हुन भने बाँकी छ । 

टीकापुरमा बिहीबारबाट सुरु भएको प्रथम राष्ट्रिय महाधिवेशनअन्तर्गत शुक्रबार नयाँ कार्यसमिति चयनका लागि मतदान हुँदै छ । यसअघि शुक्रबार नै मनोनयन दर्ताको समय तोकिएको छ । जसअनुसार अध्यक्ष पदमा रेशमलालको मात्र उम्मेदवारी परेको छ भने वरिष्ठ उपाध्यक्षमा दामोदर पण्डितको उम्मेदवारी परेको छ । 

यसैगरी उपाध्यक्षमा अम्बरबहादुर लिम्बू, रतनबहादुर थापा, दुर्गा पन्त, राजेश अधिकारी, शिवकुमार बास्तोला, हिमाञ्चलराज भट्टराई, तेजबहादुर भुजेल, रामकुमार महतो, महेन्द्र पुन र इन्द्रकुमारी लिम्बूको उम्मेदवारी परेको छ । यसैगरी महासचिव पदमा धर्मबहादुर चौधरी, ठाकुरसिंह थारु र गंगाराम चौधरी डंगौराको उम्मेदवारी परेको छ । 

साथै सहमहासचिव पदमा रामलाल डंगौरा, पदम अधिकारी, पवनकुमार साह, दिलकुमार लावती, राजन गुरुङ, प्रेमवती राना र निरबहादुर श्रेष्ठले उम्मेदवारी दर्ता गराएका छन् । सचिवमा तुलसीप्रसाद चौधरी, ललित तम्राकार, चन्द्रकुमार चौधरी र विजयकुमार बस्नेतको मनोनयन दर्ता भएको छ । 

सहसचिवमा पुष्पलता रेग्मी अधिकारी, करिश्मा कठरिया, अहमद हुसेन मनिहार, मणिराम भण्डारी, लालबहादुर रावल र अम्बरबहादुर लिम्बू ९इजम०को उम्मेदवारी परेको छ । कोषाध्यक्षमा टीकालक्ष्मी चौधरीको उम्मेदवारी परेको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।