image
image
आगामी १२ वर्षमा २८ हजार मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्य छ : मन्त्री बस्नेत

आगामी १२ वर्षमा २८ हजार मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्य छ : मन्त्री बस्नेत

काठमाडौं ।  आगामी १२ वर्षमा २८ हजार मेगावाट विद्युत उत्पादन गर्ने ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले बताएका छन् । आज बसेको राष्ट्रियसभा अन्तर्गतको राष्ट्रिय सरोकार तथा समन्वय समितिमा सगरमाथा क्षेत्रमा विद्युतीकरण र नेपाल–भारतबीच हालै भएको दीर्घकालिक विद्युत व्यापारसम्बन्धी सम्झौताका सम्बन्धमा भएको छलफलमा उनले यस्तो दाबी गरेका हुन् ।

मन्त्री बस्नेतले १२ वर्षमा २८ हजार मेगावाट विद्युत उत्पादन गर्ने दाबी गर्दै  त्यसका लागि सरकारले ठोस कार्यनीति बनाएको बताएका छन् । उनले भने, ‘पर्याप्त छलफल गरेर यो निर्णयसम्म पुगेका छौं । हामी आगामी १२ वर्षमा २८ हजार मेगावाट विद्युत उत्पादन गर्छौं । यो सम्भव छ । यो हामीसँग ठोस कार्यनीति छ ।’

उनले आगामी १० वर्षभित्रमा नेपालले १० हजार मेगावाट विद्युत भारतमा निर्यात के कसरी गर्ने भन्नेबारे काम गर्न दुई देशबीच संयन्त्र बनाएको जानकारी दिए । २५ वर्षसम्मका लागि भएको उक्त सम्झौता १० वर्षपछि आवश्यकताअनुसार नवीकरण हुँदै जाने पनि उनले जानकारी दिए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।