image
image
नेपाल भाषाको तालिमका लागि बजेट व्यवस्थापन गर्न सकिन्छ : सुनिता डंगोल

नेपाल भाषाको तालिमका लागि बजेट व्यवस्थापन गर्न सकिन्छ : सुनिता डंगोल

काठमाडौं । नेपाल भाषाको तालिमको लागि महानगरपालिकाले बजेट संशोधन गर्ने काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डङ्गोलले बताएकी छिन् । आज  ई–लाईब्रेरीको उद्घाटन गर्दै उनले सामुदायिक विद्यालय मात्रै होइन्, संस्थापक विद्यालयले पनि यसमा ध्यान दिनुपर्ने भन्दै महानगरपालिकाले तालिमको लागि बजेट व्यवस्थान गर्ने बताएकी हुन् । 
 
उनले भनिन्,‘महानगरपालिकाको हरेक स्कुल र पाठयक्रममा नेपाल भाषा राख्न पनि सकिन्छ । यसको प्रभावकारिता, अध्यन अनुसन्धानको साथै तालिम पनि आवश्यक हुन्छ । तालिमको लागि बजेट छैन् भन्ने छ तर बजेट संशोधन गर्न यही मञ्चबाट भन्न चाहन्छु ।’

उनले ई–लाईब्रेरी प्रभावकारिता दिर्घकालिन हुने बताउँदै एकपटकको लगानीले धेरै काम गर्न सकिने औंल्याइन् । यसले नेपाल भाषालगायत अन्य विषयकोे अध्ययन अनुसन्धानको लागि पनि सहयोग गर्ने बताईन् । ई लाईब्रेरीमा नेपाल भाषाको पाठ्यक्रम सजिलै र सबैको लागि उपलब्ध गराउने हो भने नेपाल भाषाको क्षेत्र अझ सुधार हुनेपनि उनको भनाइ छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।