image
image
राष्ट्रपति पौडेलसँग आयरल्याण्डको माथिल्लो सभाका अध्यक्ष बट्टिमरको भेट

राष्ट्रपति पौडेलसँग आयरल्याण्डको माथिल्लो सभाका अध्यक्ष बट्टिमरको भेट


काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसँग आयरल्याण्डको माथिल्लो सभाका अध्यक्ष जेरी बट्टिमरको नेतृत्वमा आएको प्रतिनिधिमण्डलले शिष्टाचार भेट गरेको छ । राष्ट्रपति भवन शीतल निवासमा विहीबार भएको भेटवार्तामा राष्ट्रपति पौडेलले जलवायु परिवर्तनको असर न्यूनिकरणका लागि हिमाल बचाउन र पानीको स्रोत जोगाउने साझा मुद्दामा दुवै देश मिलेर काम गर्नुपर्ने बताएका छन् ।  

उनले हिमाल बचाउने कुरा नेपालको मात्र नभएर विश्वकै साझा चुनौति भएको उल्लेख गर्दै जलवायु परिवर्तनको असर न्यूनीकरणका लागि कार्वन उत्सर्जन बढी गर्ने मुलुकले बढी लगानी गर्नुपर्ने नेपालको धारणा स्पष्ट पारेको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले बताए । 

बन्धुत्व, आपसी सहयोग तथा समझदारीमा आधारित दुई देशको सम्बन्ध आगामी दिनहरूमा थप मजबुत बनाउँदै बहुपक्षीय क्षेत्र एवम् अन्तराष्ट्रिय मञ्चहरुमा साझेदारी गर्दै अगाडि बढ्नुपर्नेमा राष्ट्रपति पौडेलले जोड दिए ।  अध्यक्ष जेरी बट्टिमरले नेपालको लोकतान्त्रिक संविधानमा जनताका अधिकारहरूको व्यवस्था देखेर आफू चकित र रोमाञ्चित भएको उल्लेख गरे । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।