image
image
राजनीतिक दलले जनतालाई निराशा बाँड्नु हुँदैन

राजनीतिक दलले जनतालाई निराशा बाँड्नु हुँदैन

१७ पुस, काठमाडौं ।  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जनतामा निराशा बाँड्नेहरू राष्ट्रवादी हुन नसक्ने बताएका छन्। नेपाली काँग्रेसले सोमबार आयोजना गरेको राष्ट्रिय एकता तथा मेलमिलाप दिवसको कार्यक्रममा उनले सो कुरा बताएका हुन्।

दुई जना युवाको निधन हुनेगरी बालकुमारीमा भएको घटना बाहिर देखिएजस्तो नभएको उनले आशंका व्यक्त गर्दै त्यसपछिका अभिव्यक्ति तथा प्रचारबाट गम्भीर हुनुपर्ने बताए। ‘केही चीज गम्भीर लागेको छ। यो सामान्य छैन। दुई युवाको जस्तो परिवेशमा जसरी हत्या गरिएको छ। इपीएसमा जे-जस्ता गतिविधि भएका छन्,’ प्रधानमन्त्रीले भने, ‘गाडी जलाउने गतिविधि छ। चिज त्यस्तो छैन जस्तो देखिएको छ।’

प्रधानमन्त्री प्रचण्डले बालकुमारीमा भएको घटनालाई लिएर मन्त्रीलाई गाडीमै जलाउनुपर्थ्यो भन्ने जस्ता र प्रमुख पार्टीका नेताहरूलाई लक्षित गरेर गरिएका टिप्पणी अस्वाभाविक रहेको बताए। यी सबै गतिविधि लोकतन्त्र र गणतन्त्रविरुद्धको डिजाइन हुनसक्ने उनले स्पष्ट गरे।

‘त्योभित्र अर्कै केही छ भन्ने मैले अनुभूत गरेको छु। यो कहीँ लोकतन्त्र र गणतन्त्रविरुद्धको डिजाइन कतै त छैन ? भन्ने अहिले मेरो कुनै प्रमाण होइन,’ उनले भने। आफूले उक्त घटनालाई गम्भीर रूपमा लिएर उच्चस्तरीय छानबिन आयोग बनाइएको बताउनुभयो। मन्त्रीलाई पनि भित्रै जलाउनुपर्थ्यो, छोडेछन् भन्ने के भाष्य हो ? उनले प्रश्न गरे।

प्रमुख तीन दलका प्रमुख नेताको टाउको काटे २० लाख दिन्छु भन्ने के संस्कार हो ? उनको प्रश्न थियो। राष्ट्रिय एकता तथा मेलमिलाप दिवसको सन्दर्भमा प्रधानमन्त्री प्रचण्डले बिपी कोइराला नेपाली राजनीतिको मूर्धन्य व्यक्तित्व भएको कुरामा कसैको विमति नरहेको बताए। जुनसुकै पार्टी र राजनीतिमा भए पनि अहिले सबै नेताहरू बिपी स्कुलबाट प्रभावित भएको उनको भनाइ थियो।

विश्वको उच्चतम राजनीतिक व्यवस्था लोकतान्त्रिक व्यवस्था भएको बताउँदै उनले जनताको बीचमा लोकतान्त्रिक गणतन्त्रको सुन्दर पक्ष जनतालाई बुझाउनुपर्ने बताए। त्यसको जिम्मेवारी लोकतन्त्रका लागि संर्घष गरेका दलहरूकै भएको उनको भनाइ थियो। ‘राष्ट्रिय एकता तथा मेलमिलापलाई लोकतान्त्रिक गणतन्त्रको पक्षमा नयाँ संकल्प गर्ने अवसरको रूपमा लिनुपर्दछ,’ प्रधानमन्त्रीले भने।

उनले अगाडि थपे, ‘लोकतान्त्रिक गणतन्त्रको विकल्प उन्नत लोकतन्त्र नै हो, लोकतान्त्रिक गणतन्त्र भन्दा राम्रो व्यवस्था अहिलेसम्म मानव जातिले विकास गर्न सकेकै छैन। यो कुरालाई जनतासमक्ष लानुपर्थ्यो त्यो हामीले सकेनौं। लोकतान्त्रिक गणतन्त्रमार्फत शान्ति, विकास र समृद्धि दिन हामी सबै समकालीन नेताहरू लाग्नै पर्छ। मैले आजको यो कार्यक्रमलाई एउटा नयाँ एउटा प्रतिबद्धता, संकल्प लिने दिनको रूपमा लिन जरुरी ठानेको छु।’

अहिले पनि बिपीले भनेको जस्तै राष्ट्रिय एकता तथा मेलमिलापको खाँचो नेपाली राजनीतिमा रहेको बताउँदै प्रधानमन्त्री प्रचण्डले आफू राष्ट्रिय सहमतिको प्रयासमा लागेको उनले बताए। त्यसको परिणमस्वरुप ‘विग सिक्स’ मा सबै ठूला दलको प्रतिनिधित्व रहने वातावरण बनेको प्रधानमन्त्रीको भनाइ छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।