image
image
बालकुमारी घटनाः मृतकका परिवारलाई १०÷१० लाख दिने सरकारको निर्णय

बालकुमारी घटनाः मृतकका परिवारलाई १०÷१० लाख दिने सरकारको निर्णय


काठमाडौं । ललितपुरको बालकुमारीमा शुक्रबार प्रहरीको गोली लागेर मृत्यु भएका दुई युवकको परिवारलाई सरकारले १०÷१० लाख रुपैयाँ राहत दिने निर्णय गरेको छ । आज बालुवाटारमा बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले प्रहरीको गोली लागेर ज्यान गुमाएका अछामका वीरेन्द्र शाह र दैलेखका सुजन राउतको परिवारलाई १०÷१० लाख रुपैयाँ राहत दिने तथा घाइतेको उपभार खर्च सरकारले व्यहोर्ने निर्णय गरेको सरकारकी प्रवक्ता रेखा शर्माले बताइन । 

आजै बिहान  बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाल, गृहमन्त्री नारायणकाजी श्रेष्ठसहित बसेको  सुरक्षा अधिकारीहरूको बैठकले राहत सिफारिस गरेको थियो । त्यसलाई मन्त्रिपरिषद् बैठकले सरकारको निर्णयको औपचारिकता दिएको हो । बैठकको निर्णय सुनाउँदै उनले भनिन्, ‘मृतकका परिवारलाई प्रति परिवार १० लाख रुपैयाँ उपलब्ध गराउने, उक्त घटनामा घाइते भएका सबैको उपचार खर्च सरकारले बेहोर्ने निर्णय भएको छ ।’

यस्तै बैठकले मन्त्रीको सुरक्षादेखि प्रदर्शनसम्मको घटनामा सुरक्षा चुक भएको निष्कर्ष निकालेको छ । घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कारबाही गर्न सरकार प्रतिबद्ध रहेको जानकारी शर्माले दिइन । पानीजहाज निर्माणको कामका लागि कोरियाली भाषा परीक्षा दिएर अनुतीर्ण भएकाहरुले उत्पादनमूलक कामका लागि हुने भाषा परीक्षामा सहभागी हुन पाउनुपर्ने माग गर्दै गरेको प्रदर्शनका क्रममा शुक्रबार प्रहरीले गोली चलाउँदा दुई जनाको मृत्यु भएको थियो । मृत्यु हुनेमा डोटीका २२ वर्षीय वीरेन्द्र साह र दैलेखका २३ वर्षीय सुजन रावत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।