image
image
युवा शक्ति बाहिर जाने क्रम बढ्दा मुलुकलाई क्षति भइरहेको छ : मन्त्री साउद

युवा शक्ति बाहिर जाने क्रम बढ्दा मुलुकलाई क्षति भइरहेको छ : मन्त्री साउद

काठमाडौं । परराष्ट्रमन्त्री एनपी साउदले युवा शक्ति बाहिर जाने क्रम बढ्दा मुलुकलाई क्षति भइरहेको बताएका छन् ।आज काठमाडौंमा आयोजित विद्यार्थी प्रशिक्षण तथा अन्तरक्रिया कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

‘हामीसँग भएको क्षमता शक्ति बाहिर जाँदा मुलुकलाई क्षति भइरहेको छ । कुनै पनि देशको समग्र जनसंख्याभित्र युवा जनशक्तिको हिस्सा धेरै हुन्छ । देशले विकास गर्ने समय त्यही नै हो । त्यही समयमा नै देशले आर्थिक विकास गर्न सक्छ’ उनले भने, ‘त्यसकारण हाम्रो देशको विकास हुने समय पनि यही हो ।’

एउटा बच्चालाई कस्तो बनाउने भन्ने कुरा विद्यालय, परिवार र समाजको हातमा हुने उल्लेख गर्दै मन्त्री साउदले क्षमतावान जनशक्ति समाजमा निर्माण गर्न सके राज्यको काममा पनि परिणाम राम्रो हुने बताए । ‘अहिलेको नयाँ पुस्ताको प्रवेश कर्मचारीतन्त्र र राज्य व्यवस्थामा जरुरी छ’ उनले भने ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।