image
image
नारायणगढ–बुटवल सडकमा रास्वपाको  दवावयात्रा आजदेखि सुरु हुँदै

नारायणगढ–बुटवल सडकमा रास्वपाको दवावयात्रा आजदेखि सुरु हुँदै


काठमाडौँ । नारायणगढदेखि बुटवलसम्मको सडक निर्माणमा ढिलासुस्ती भएको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आजदेखि दबाब यात्रा गर्दैछ । रास्वपाका सभापति रवि लामिछानेले सडक निर्माणमा सरकारले बेवास्ता गरेको र निर्माण कम्पनीले लापरबाही गरेको भन्दै दबाबस्वरुप पैदल यात्रा गर्ने घोषणा गरेका हुन् ।

नारायणगढदेखि बुटवलसम्मको ११३ किलोमिटर तीन दिनसम्म लगाएर पैदल हिडेर पार गर्ने रास्वपाको तयारी छ । सभापति लामिछानेले भनेका छन्, ‘पूर्व–पश्चिम राजमार्गअन्तर्गत नारायणगढ–बुटवल सडक खण्डको स्तरोन्नतिमा भइरहेको बिलम्ब र अहिले यात्राक्रममा नागरिकले खेप्नुपरेको सास्तीबारे सरकारको ध्यानाकर्षण गराउनु यात्राको मुख्य उदेश्य हो । यात्रामा मलाई पार्टीका नेतागण र सांसदहरूले पनि साथ दिँदै हुनुहुन्छ ।’

उनले यात्राका क्रममा दायाँबायाँ बस्ती छिरेर भेला गर्ने र कार्यक्रमहरू गर्ने समय अभाव भएको बताएका छन् । ‘सबैका समस्या सुन्ने र सुझाव ग्रहण गर्ने इच्छा थियो । तर, यात्राको दिन लम्बिने भएकाले यसपटक त्यसकालागि समय छुट्याउन असमर्थ भएको छु,’ लामिछानले भनेका छन्, ‘यात्राको बीच–बीचमा स्वागत वा अन्य कार्यक्रम पनि नराख्न अनुरोध गर्दछु ।’

उनले यो यात्राका माध्यमबाट सांकेतिकरुपमा सडक निर्माणमा सरकारको ध्यानाकर्षण गराउन चाहेको समेत बताएका छन् । ‘हाम्रो यात्राका कारण सवारी आवत् जावतमा कुनै अवरोध नहोस् भन्नेमा पनि हामी सचेत छौँ । दबाब यात्रामा साथ दिन आउनु हुने कसैले पनि झण्डा, लोगो, टिसर्ट लगायत पार्टी सम्बद्ध कुनै पनि बस्तु प्रयोग नगर्नसमेत आग्रह गर्दछु,’ उनले भनेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।