image
image
ललितपुरमा तीन ठाउँमा बन्न लागेका फ्लाई ओभरहरु एकै चरणमा बनाउनुपर्छ : चिरिबाबु महर्जन

ललितपुरमा तीन ठाउँमा बन्न लागेका फ्लाई ओभरहरु एकै चरणमा बनाउनुपर्छ : चिरिबाबु महर्जन


काठमाडौं । ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले ललितपुरमा तीन ठाउँमा बन्न लागेका फ्लाई ओभरहरु एकै चरणमा बनाउनुपर्नेमा जोड दिएका छन् । आज ललितपुर महानगरपालिकाको १०५ औं स्थापना दिवसमा आयोजित कार्यक्रममा मेयर महर्जनले ‘ग्वार्खो फ्लाई ओभर’ निर्माणको काम ढिलो भएको प्रति असन्तुष्टि जनाए । उनले ललितपुरमा तीन ठाउँमा बन्न लागेका फ्लाई ओभरहरु सबै एक चरणमा बनाउनुपर्नेमा जोड दिदै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई चाँडो सक्नेगरी एकै चरणमा निर्माणको काम गर्न प्रस्ताव राखेका हुन् ।

सँगै कार्यक्रममा उपस्थित प्रधानमन्त्री दाहालललाई उनले भने, ‘हाम्रो ‘फ्लाई ओभर छिटो बनोस । यो पुलको कारणले अहिले ललितपुरमात्रै होइन काठमाडौंको पनि ट्राफिक अस्तव्यस्थ भएको छ । यसको निर्माण अवधि ३० महिनाको छ । ३० महिनाको दौरानमा यहाँको ट्राफिक यति खत्तम भयो कि कुरा गरेरै साध्य छैन् ।’

उनले ललितपुरमा निर्माणको योजनामा रहेका थप दुईवटा इन्टरसेक्सन फ्लाई ओभर र एउटा अन्डर पास बनाउनका लागि मेयर तीनओटाको एउटै टेण्डरमा काम सुरु गरी सम्पन्न गर्न संघीय सरकारलाई प्रस्ताव गरे । त्यसो गरे तीनमध्ये एउटाको निर्माण लागत महानगरले नै बेहोर्ने उल्लेख गरे ।

‘ग्वार्खो भन्दा माथि सातदोबाटो जाने बाटो ,त्यो भन्दा पनि माथि चापागाउँ जाने बाटो, त्यसपछि एकान्त कुनामा गरी दुईवटा इन्टरसेक्सन फ्लाई ओभर,एउटा अन्डर पास बनाउन बाँकी छ । ग्वार्खोको यो फ्लाई ओभर बनाउन समय थपेर अब ४० महिना लाग्ला, अरु तीनओटा बनाउँनलाई १२० महिना जाने भयो । यो त भएननि१ हामी नै बुढो भएर सिद्धिन्छौं । हामीले प्रयोग नै गर्न पाउँदैनौ । म सम्माननिय प्रधानमन्त्रीज्युलाई एउटा प्रस्ताव राख्न चाहान्छु ।

बनाउनुपर्ने तीनओटा पुल मध्ये तीनओटै एकैचोटी बनाऔं । २४ महिना वा ३० महिना जति समय लाग्छ,त्यो तोकिएको निर्माण समयावधिभरमा तीनओटै पुल बनोस। पटक पटक गरेर होइन एउटै टेण्डरले सबै काम पूरा हुनुपर्छ भन्ने मेरो सुझाव हो ।’मेयर महर्जनले सम्पदा शहरका मन्दिर, देवालयहरु टेण्डर बनाएर काम सम्पन्न हुनै धेरै समय लाग्ने उल्लेख गर्दै सार्वजनिक खरिद ऐन, २०६३ को प्रयोग गरेर सम्पदा क्षेत्र निर्माण हुन नसक्ने बताए ।

मेयर महर्जनले ललितपुर महानगर सम्पदा सहर भएकाले सम्पदा पुर्ननिर्माणको कामलाई तिव्रता दिनुपर्ने धारणा राखे । नगरपालिकाको पहलमा बनाएका भिमसेन मन्दिर, बालकुमारी मन्दिरलगायतको मन्दिरको उदाहरण दिदै टेण्डरबाट गर्ने काम सार्वजनिक खरिद ऐन २०६३ को व्यवस्था र प्रक्रिया भित्र रहेर गर्दा त्यहाँ भित्रका लुप होलको कारणले गर्दा समयमै नबन्ने उनको तर्क थियो ।
‘

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।