image
image
उपत्यकामा देखिएका फोहोर व्यवस्थापनका लागि सरकारले पहल गरिरहेको छ : प्रधानमन्त्री दाहाल

उपत्यकामा देखिएका फोहोर व्यवस्थापनका लागि सरकारले पहल गरिरहेको छ : प्रधानमन्त्री दाहाल


काठमाडौं । काठमाडौँ उपत्यकामा देखिएका फोहोर व्यवस्थापनका लागि सरकारले गम्भीर पहल गरिरहेको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बताएका छन् । आज ललितपुर महानगरपालिकाको १०५ औैं स्थापना दिवसको स्थापना दिवसको अवसरमा बोल्दै प्रधानमन्त्री दाहालले फोहोरको दिर्घकालिन समाधानका लागि पहल गरिरहेको जिकिर गरेका छन् ।

‘प्रधानमन्त्री दाहालले भने , काठमाडौँ उपत्यकाको फोहोर व्यवस्थापन र खानेपानी समस्याको दीर्घकालीन समाधानका लागि मेरै नेतृत्वमा पहल भइरहेको छ ।’ ‘यसका लागि तीनै तहको सरकारबिच समन्वय र सहकार्य हुन आवश्यक छ, उनले विकास निर्माण, सांस्कृतिक सम्पदाको संरक्षण एवं संवद्ध्रनका लागि स्थानीय तहले खेलेको भूमिका महत्वपुर्ण रहेको बताउँदै प्रशंसा गरे ।

उनले स्थानीय तहहरुको विकास निर्माणका सहयोग गर्न सरकार तयार रहेको बताएका छन् । यसअघि कार्यक्रममा बोल्दै काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द शाहले उपत्यकाको फोहोर व्यवस्थापनको सवालमा संघ सरकारलेसहजीकरण गरिदिनुपर्ने भन्दै प्रधानमन्त्री दाहालको ध्यानाकर्षण गराएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।