image
image
राप्रपाको एजेण्डाको पक्षमा जनमत बढ्दै गएको छ : अध्यक्ष लिङ्देन

राप्रपाको एजेण्डाको पक्षमा जनमत बढ्दै गएको छ : अध्यक्ष लिङ्देन


काठमाडौं । आफ्नो पार्टीको एजेण्डाको पक्षमा जनमत बढ्दै गएको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले बताएका छन् । आइतबार धुम्बाराहीमा जारी राप्रपाको केन्द्रीय कार्यसमितिको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले भ्रष्टाचारका हरेक काण्डमा अन्य दलका नेताहरूको संलग्नता देखिनाले राप्रपाको एजेण्डाको पक्षमा जनमत बढ्दै गएको उल्लेख गरेका छन् ।

‘नेताहरु र सरकारको नेतृत्व गरेको मानिसहरु संलग्न भएको तथ्यहरु बाहिर आइसकेको छ ।’ उनले भने, ‘भ्रष्टाचारका हरेक काण्डमा दलका नेताहरूको संलग्नता देखिनुले राजनीतिप्रति वितृष्णा पैदा गर्दै गएकोमा चिन्ता व्यक्त गर्नुभएको छ। त्यसैले हाम्रो पार्टीको एजेण्डाको पक्षमा जनमत बढ्दै गएको छ ।’ अध्यक्ष लिङ्देनले सबै दलका नेताहरु मिसन ८४ भनेर हिँडिरहेका अवस्थामा राप्रपालाई मिसन ८४ कुर्ने छुट नभएको बताए ।

अध्यक्ष लिङ्देनले भने, ‘अहिले सबै दलका नेताहरु मिसन ८४ भनेर हिडिरहेका छन् । तर राप्रपालाई मिसन ८४ कुर्ने छुट छैन् । धैर्य गर्ने समय छैन् । किनकी देशको अर्थतन्त्र ओरालो लागिरहेको छ ।’

अध्यक्ष लिङ्देनले राप्रपाले केन्द्रित नभई आम जनता, शुभेच्छुक, शुभचिन्तकको परिवर्तनको चाहना र देशको अवस्थालाई ध्यान दिई सडक संघर्षलाई प्राथमिकता दिने दाबी गरे । उनले अगाडी भने, ‘राप्रपाले सशक्त प्रतिपक्षको भूमिका निर्वाह गर्नेछ। सत्ता केन्द्रित नभई आम जनता, शुभेच्छुक, शुभचिन्तकको परिवर्तनको चाहना र देशको अवस्थालाई ध्यान दिई सडक संघर्षलाई प्राथमिकता दिन्छौँ।’उनले आ–आफ्नो सांगठनिक तागतमा चारैतिरबाट आन्दोलन र जनदबाब सिर्जना गर्नुपर्ने धारणा राख्दै राप्रपा नेतृत्वमाथि योजनाबद्ध रूपमा भइरहेको बदनाम रोकिनुपर्ने उल्लेख गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।