image
image
चौथो पटक पनि सारियो कांग्रेस महासमिति बैठक

चौथो पटक पनि सारियो कांग्रेस महासमिति बैठक

काठमाडौँ ।  नेपाली कांग्रेसले महासमिति बैठक चौथो पटक पनि सारेको छ ।

आज शुक्रबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले महासमिति बैठक फागुन ७ देखि १० सम्म गर्ने निर्णय गरेको छ ।

त्यसअघि कांग्रेसले पुस १६ देखि १९ गतेका लागि महासमिति बैठक बोलाएको थियो । यही समयमा राष्ट्रिय सभा चुनाव पनि हुने भएकाले बैठक सार्ने निर्णय भएको नेता विमलेन्द्र निधिले बताए ।

महासमिति बैठक अघि पुस १२ गतेदेखि कांग्रेसको केन्द्रीय समिति बैठक पनि बोलाइएको छ ।

कांग्रेसको महासमिति बैठकको मिति सरेको यो चौथो पटक हो । यसअघि कांग्रेसले मंसिर १३ गतेदेखि १५ गतेसम्म महासमिति बैठक बस्ने निर्णय गरेको थियो ।

त्यो बैठक कांग्रेसले दुई साता पछि सारेर मंसिर २९ तथा पुस १ र २ गते गर्ने निर्णय गरेको थियो । त्यसपछि फेरि बैठक सारेर पुस १६ गतेदेखि १९ गतेका लागि तय गरिएको थियो ।

राष्ट्रिय सभा निर्वाचन र जाडो मौसमलाई कारण देखाउँदै कांग्रेसले चौथो पटक महासमिति बैठक सारेर फागुन ७ देखि १० सम्म गर्ने निर्णय लिएको छ ।

शुक्रबारको बैठकले राष्ट्रिय सभा चुनावका लागि निर्वाचन आयोगमा दल दर्ता गराउने र उम्मेद्वारलाई दिने पत्रमा सभापति शेरबहादुर देउवाले हस्ताक्षर गर्ने निर्णय पनि बैठकले गरेको छ । दल दर्ता लगायतका कामका लागि पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेललाई अधिकार दिइएको नेता निधिले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।