image
image
नेकपा एसको सचिवालय बैठक आज पनि बस्दै, यस्ता छन् मुख्य एजेन्डा

नेकपा एसको सचिवालय बैठक आज पनि बस्दै, यस्ता छन् मुख्य एजेन्डा

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) को सचिवालय बैठक आज पनि बस्दैछ । काठमाडौंस्थित केन्द्रीय कार्यालयमा सो बैठक बिहान ११ बजे बस्नेछ । माघ १४ गते गर्ने भनिएको राष्ट्रिय महाधिवेशन सार्न सहमत भए पनि मितिका बारेमा अझैं टुंगो लागेको छैन, सम्भवतः आज बस्ने बैठकले सो बारेमा टुंगो लगाउने प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिएका छन ।

त्यस्तै बैठकमा अन्तर पार्टी निर्देशनको बिबाद र राष्ट्रियसभाको निर्वाचनसहित समसमायिक राजनीतिक विषयमा छलफल हुनेछ । नेकपा एसले एमालेबाट अलग भएपछि पहिलो अधिवेशन माघमा गर्ने भनेर मिति तय गरे पनि अध्यक्ष माधवकुमार नेपालले तयारी गर्न नसक्ने भन्दै सो महाधिवेसनको मिति सार्ने प्रस्ताव गरेका छन ।

राष्ट्रियसभा निर्वाचन माघ ११ गते हुने भए पछि माघ १४ गते हुने भनिएको महाधिवेसन सम्भवः नहुने भन्दै अध्यक्ष नेपालले त्यसको मिति सार्ने प्रस्ताव गर्ने जनाईएको छ । तर, महाधिवेसनको मिति सारे पनि एक दुई हप्तामात्रै सार्नु पर्ने सम्मानित नेता झलनाथ खनालको तर्क छ भने नेपालले कम्तिमा १–२ महिना नै सार्नु पर्ने प्रस्ताब गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।