image
image
दिगो विकासको लक्ष्य अपाङ्गतामैत्री भविष्य भन्ने राष्ट्रिय लक्ष्यमा सरकार अडिक छ : मन्त्री ज्वाला

दिगो विकासको लक्ष्य अपाङ्गतामैत्री भविष्य भन्ने राष्ट्रिय लक्ष्यमा सरकार अडिक छ : मन्त्री ज्वाला

काठमाडौं । अपाङ्गतासम्बन्धी नीति चाँडै लागू गर्ने भौतिक तथा पूर्वाधारमन्त्री प्रकाश ज्वालाले प्रतिबद्धता जनाएका छन् । आज काठमाडौंमा आयोजित ३२औँ अपाङ्गता भएका व्यक्तिहरुको दिवस विशेष कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो प्रतिबद्धता जनाएका हुन् ।

उक्त नीति सामाजिक समितिबाट व्यापक छलफल भई पारित भइसकेको जानकारी दिँदै सकेसम्म चाँडै पारित गरी लागू गर्ने प्रतिबद्धता मन्त्री ज्वालाले जनाए । उनले भने, ‘अपाङ्गता सम्बन्धी नीतिमा थप सुधार गरेर परिपक्व बनाउन सामाजिक समितिमा छलफलको लागि पठाइएको थियो, व्यापक छलफलपछि समितिबाट पारित भइसकेको छ । प्रधानमन्त्रीज्यू आएपछि क्याविनेटको बैठकबाट यो नीति छिटोभन्दा छिटो पारित गर्नुपर्छ भन्ने धारणा बनेको छ । त्यसलाई लागू गर्ने प्रतिबद्धता जनाउँछु ।’

उनले दिगो विकासको लक्ष्य अपाङ्गतामैत्री भविष्य भन्ने राष्ट्रिय लक्ष्यमा सरकार नडगमगाउने दाबी गरे ।मन्त्री ज्वालाले अपाङ्गता भएकाहरुको सवालका मुद्दाहरु र अधिकार प्राप्तिका विषयहरु जति सम्बोधन हुनुपर्ने त्यति सम्बोधन नभएको स्वीकार गरे ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।