image
image
नेपाल आयुर्वेद उपचार पद्धतिका लागि स्वर्णभूमि हो : स्वास्थ्यमन्त्री बस्नेत

नेपाल आयुर्वेद उपचार पद्धतिका लागि स्वर्णभूमि हो : स्वास्थ्यमन्त्री बस्नेत

काठमाडौं । सरकार आयुर्वेद उपचार पद्धतिलाई विकसित र व्यवस्थित गर्न पछाडि परेको स्वीकार स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले गरेका छन् । आज काठमाडौंमा आयोजित पहिलो अन्तर्राष्ट्रिय आयुर्वेद सम्मेलनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

कार्यक्रममा उनले भने, ‘अरु उपचार पद्धति भन्दा पहिला त आयुर्वेद पद्धति नै हो नि । यो जतिबेला जहाँ पनि पाइने चिज हो । यसलाई जुन तरिकाले विकसित गर्नुपर्ने हो, व्यवस्थित गर्नुपर्ने हो, महत्व दिनुपर्ने त्यसमा हामी अलि पछि नै परेका छौं ।’उनले नेपाल आयुर्वेद उपचार पद्धतिको विकासको लागि स्वर्ण भूमि रहेको भन्दै सरकारले जडिबुटीको यति ठूलो भण्डारलाई जति हदसम्म व्यवस्थित गर्न सक्नुपथ्र्यो त्यो गर्न नसकेको बताए ।

‘नेपाल आयुर्वेद उपचार पद्धतिका लागि वास्तबमा स्वर्णभूमि हो । नेपालमा प्राकृतिक संरचना, भौगोलिक विविधतालाई हेर्ने हो भने जडिबुटीको यति ठूलो भण्डार छ’ उनले भने, ‘यसलाई हामीले जति हदसम्म उत्खनन्, सदुपयोग र व्यवस्थित गर्न सक्नुपर्थ्यो त्यति गर्न सकेका छैनौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।