image
image
एमालेले सरकार छाडेपछि देशको राजनीति फोहोरी खेलतर्फ गयो : अध्यक्ष ओली

एमालेले सरकार छाडेपछि देशको राजनीति फोहोरी खेलतर्फ गयो : अध्यक्ष ओली

काठमाडौं। एमालेले सरकार छाडेपछि देशको राजनीति फोहोरी खेलतर्फ गएको एमालेका अध्यक्ष केपी शर्मा ओलीले बताएका छन् । एमाले पार्टी कार्यालयमा आज आयोजित युवा संघको केन्द्रीय कमिटी बैठकमा उनले आफ्नो सरकार हुँदै त्यसलाई हटाउनेसम्मका फोहोरी खेल भएको आरोप लगाएका हुन् । ‘देशमा वर्तमान सरकारको कारणले आशालाग्दो अवस्था छैन । हामीले सरकार छोडेपछि राजनीति फोहोरी खेलतर्फ गयो,’ उनले भने, ‘यतिसम्म फोहोर कि हाम्रो सरकार हुँदै त्यसलाई हटाउन यति फोहोरी खेल भयो ।’

अध्यक्ष ओलीले एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको नाम नलिइ एमालेमा हुँदा आफ्नो पार्टीको सरकार ढलाइपाउँ र दक्षिणपन्थी नेतृत्वको सरकार पाउँ भनेर अदालतमा मुद्दा हालेको आरोप लगाए । उनले एमालेले सरकार छाड्नु परेको विगतको तीतो पोखे ।

आफूलाई वामपन्थी र कम्युनिष्ट भन्नेहरुबाट झुक्याउने नाम र नारा दिने काम भएको टिप्पणी उनले गरे । पार्टीभित्रै रहेका नेताको गैरजिम्मेवार क्रियाकलापले देशमा पार्टीप्रतिको निष्ठाको राजनीतिमा गम्भीर खलल पु¥याउने काम भएको आरोप पनि उनले लगाए ।

उनले भने, ‘आफूलाई कता कता वामपन्थी भन्नेहरु, कम्युनिष्ट भन्नेहरु, अनि झुक्याउने नाम र नारा दिनेहरुबाट ती काम भए त्यसले देशमा पार्टीप्रतिको निष्ठाको राजनीतिमा गम्भीर खलल पु¥याउने काम भयो । सिंगो समाजलाई निष्ठाहीन बनाउने कोसिस भयो र निष्ठामा ह्रास आउने काम भयो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।