image
image
गणतन्त्रमाथि प्रश्न उठेपछि प्रतिवाद गर्न सडकमा उत्रिनु पर्यो : महेश बस्नेत

गणतन्त्रमाथि प्रश्न उठेपछि प्रतिवाद गर्न सडकमा उत्रिनु पर्यो : महेश बस्नेत


काठमाडौं । गणतन्त्रमाथि प्रश्न उठेपछि प्रतिवाद गर्न सडकमा उत्रिएको एमाले नेता महेश बस्नेतले दाबी गरेका छन् ।राजधानीको तीनकुनेमा आज एमाले भ्रातृ संगठन युवा संघले गरेको प्रदर्शनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । राजधानीमा एमाले भ्रातृ संगठन र दुर्गा प्रसाईं समूहले प्रदर्शनका लागि एकै दिन रोजेपछि स्थानीय प्रशासनको सक्रियतामा छुट्टाछुट्टै ठाउँ तोकिएको छ ।

बल्खुमा प्रसाईं समूहले प्रदर्शन गररिहेको छ । बस्नेतले तीनकुनेको भेलामा सुरक्षाकर्मीले युवा संघलाई सुरक्षा दिन नसके बल्खुमा पुग्ने चेतावनी दिए । बल्खुमा सुरक्षाकर्मीले युवा संघको कार्यकर्तालाई सुरक्षा दिन नसके आफूहरु जाने चेतावनी दिएका हुन् । युवा संघको शक्ति प्रदर्शनमा बोल्द उनले बल्खुमा युवा संघको जुलुसलाई रोक्न खोजेको भन्दै प्रहरीले सुरक्षा दिन नसके त्यहाँ पुग्नु परेमा कमिला किचेजस्तो हुने भन्दै चेतावनी दिएका हुन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।