image
image
प्रदर्शनको दिन अत्यावश्यक काम परेमात्र सवारी लिएर निस्कन ट्राफिकको आग्रह

प्रदर्शनको दिन अत्यावश्यक काम परेमात्र सवारी लिएर निस्कन ट्राफिकको आग्रह


काठमाडौं। दुइवटा समूहले शक्ति प्रदर्शन गर्ने घोषणा गरेको दिन मंसिर ७ गते (भोली) उपत्यकाको ट्राफिक व्यवस्थापन नियन्त्रण बाहिर जानसक्ने अनुमान गरेर उपत्यका ट्राफिक प्रहरी कार्यालयले सूचना जारी गरेको छ। भोलि एमालेको भ्रातृ संगठन युवा संघ र मेडिकल व्यवसायी दुर्गा प्रसाईंले काठमाडौंमा प्रदर्शन गर्ने घोषणा गरेका छन्।

भोलि हुने भनिएको प्रदर्शनका कारण काठमाडौंको ट्राफिक व्यवस्‍थापनमा असर पर्ने भन्दै ट्राफिक प्रहरी कार्यालयले अत्यावश्यक काम परे मात्रै सवारी साधन लिएर निस्किन आग्रह गरेको छ।

‘काठमाडौं उपत्यकाभर सवारी आवगमनमा असहजता सिर्जना हुन सक्ने भएकाले अत्यावश्यक काममा मात्र सवारी साधन लिएर निस्कनु हुन र सडकमा निस्किनभन्दा पहिले १०० वा १०३ मा फोन गर्नु हुन र ट्राफिक एफएम ९५.५ मेगाहर्ज सुनेर सडकको अवस्थाको जानकारी लिएर मात्र निस्कन हुन अनुरोध छ,’ ट्राफिकले जारी गरेको सूचनामा उल्लेख छ। ट्राफिकले सुरक्षा र ट्राफिक व्यवस्थापनको लागि जुनसुकै ठाउँबाट पनि सवारी साधन डाइभर्ट गर्न सक्ने जानकारी दिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।